बिहिबार, मङि्सर २०, २०८१

अनेसासको केन्द्रीय सचिव पदमा जापानबाट रविन शर्माको उम्मेदवारी घोषणा

टोकियो । अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय सचिव पदमा जापानबाट रविन शर्माको उम्मेदवारी घोषणा गर्नु भएको छ ।
अनेसासको जापानका निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य शर्माले आफूले आर्जन गरेको योग्यता, सीप र क्षमताको पूरा उपयोग गर्न सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताउनु भयो ।
नेपाल बाहिरको जेठो र ठूलो भाषिक र साहित्यिक संस्थाको माध्यमले विश्वभरि छरिएका नेपालीलाई भावनात्मक रूपले जोडी आफ्नो पहिचान चिरस्थायी राख्ने उद्देश्य बोकेको अनेसास विधान र उद्देश्यलाई मुख्य प्राथमिकता दिई काम गर्ने र संस्थालाई नयाँ उचाइ दिने प्रतिबद्धताका साथ सन् २०२४-२०२६ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको शर्माले जानकारी दिनुभयो।

जापानमा स्पष्ट वक्ताको रूपमा सबै सहयोग गर्दै सामाजिक सेवा र साहित्यलाई अंगालेका शर्मा प्रवासी साहित्यकारहरुको चिरपरिचित अनुहार हुन ।