मङ्गलबार, साउन ०१, २०८१

जापानबाटै एनएमबि बैंकमा खाता खोल्न सकिने, ओभरसिज रेमिटले सहजीकरण गर्दै

टोकियो । नेपालको एनएमबि बैंकमा जापानबाटै निशुल्क खाता खोल्न सकिने भएको छ । जापानमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गर्दै एनएमबि बैंकले आफ्नो जापान रेमिट्यान्स प्रतिनिधि मार्फत सो सेवा उपलब्ध गराउन थालेको हो।

एनएमबि बैंक जापान रेमिट्यान्स प्रतिनिधि सुनिता देवी खनालका अनुसार, जापानबाट एनएमबि बैंकमा खाता खोल्न सबै प्रक्रियामा सहजिकरण सुबिधा प्रदान गरिनेछ । ग्राहकहरुले आफैँले एनएमबि भिडियो एकाउन्ट ओपनिङ् सेवा मार्फत अथवा जापान प्रतिनिधिको खाता खोल्ने सेवा लिन सक्नेछन्।

बैंकको खाताको लागि sunita.khanal@nmb.com.np मा इमेल मार्फत पनि सम्पर्क गरि सेवा लिन सकिने खनालले जानकारी दिनुभयो । एनएमबि बैंक जापान रेमिट्यान्स प्रतिनिधि खनाललाई टोकियोमा ओभरसिज रेमिटको कार्यालय (Hyakunincho 1-11-28 Shinjuku)मा भेटेर पनि बैंकको सेवासुबिधाको जानकारी र खाता खोल्ने सेवा लिन सकिने भएको छ ।

यसका साथै, ओभरसिज रेमिट्यान्सले आफ्ना ग्राहक लक्षित नयाँ योजना समेत सार्वजनिक गरेको छ ।