बुधबार, असोज ०२, २०८१

एन्फा जापानको कार्यालय उद्घाटन र च्यारिटी म्याच जुन १६ तारिख हुने

टोकियो । जापानको टोकियोमा जापान नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उद्घाटन हुने भएको छ।
यहि जुन १६ तारिख आईतबारका दिन बिहान ९ बजे टोकियोको फुस्सा सि कुमागावामा जापान नेपाल फुटबल संघ (एन्फा,जापान) को कार्यसमिति गठन गर्दै एन्फा जापानको कार्यालय उद्घाटन र च्यारिटी म्याच एकैदिन हुने भएको हो।

कार्यालय उद्घाटन समारोहको प्रमुख अतिथीमा जापान स्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी रहनु हुनेछ भने विशिष्ट अतिथीहरुमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र एनआरएनए आईसिसिका उपाध्यक्ष रविन प्रसाद शेरचन रहनु हुनेछ।

उक्त कार्यक्रमको विशेष अतिथीहरुमा पूर्व नेपाली राष्ट्रिय टिमका प्रशिक्षक राजु काजी शाक्य, यस्तै नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडीहरु उमेश प्रधान र हरि खड्का, त्यस्तै जापान फुटवल एशोसिएसनको प्रशिक्षकहरुको विदेशी प्रेषण ताकेदा चियेकी र कलाकार राजु लामा रहने कार्यक्रम तय भएको छ।

जापान नेपाल फुटबल संघ (एन्फा जापान) लाई आधिकारिक मान्यता दिनको लागि नेपाल देखि अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी आउन लाग्नु भएको जापान नेपाल फुटबल संघ (एन्फा जापान) का संयोजक शिब खड्काले जानकारी दिनुभयो।

संयोजक खड्का अनुसार कार्यालय उदघाटन संगै कार्य समिति घोषणा गर्ने नयाँ कार्यसमितिका सदस्यहरुलाई शपथग्रहण गराउने र विधान पारित गरि कार्यान्वयनमा लैजाने बताउनुभयो।
सोही दिन च्यारिटी म्याच हुने महासचिव भुवन निरौलाले बताउनु भयो।

च्यारिटी म्याचमा सहभागी टिमको नेतृत्व टिम नेपाल रातो (अ) को क्याप्टेन प्रमुख अतिथि राजदूत डा.दुर्गाबहादुर सुवेदी, नेपाल निलो (अ) टिमको क्याप्टेन राजु काजी शाक्य हुने छन् । यस्तै एन्फा नेपाल (अ) टिमको क्याप्टेन एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले गर्ने छन् । यस्तै टिम सगरमाथा (अ) को क्याप्टेन हरि खड्का हुनेछन भने रारा (अ) टिमको क्याप्टेन उमेश प्रधानले गर्नेछन् ।
त्यस्तै आईसीसी एनआरएन ११ (अ) को क्याप्टेन रविन शेरचनले गर्नेछन् । खेल हाचीओजी टोकियोमा स्थानीय समय अनुसार अपरान्ह ३ बजे देखि राति ८ बजे सम्म हुने छ ।