मङ्गलबार, साउन ०१, २०८१

आमाको गुहार : छोरा हामी बिना नै खुशी हुन्छौं भने हौं तर एकपटक सम्पर्कमा आउ

टोकियो । जापानमा विगत ७ वर्षदेखी हराएको छोरा खोजी गर्दिन भन्दै बेपत्ता प्रशान्तका आमाले बारम्बार अपील गरेकी छन ।

छोरा हामी बिना नै खुशी छ भने हामी पनि छोराको खुशीमा नै चित्त बुझाएर बस्ने छौ। तर छोरा कतै अफ्ट्यारोमा परेर हामी संग सम्पर्क हुन चाहेर पनि हुन सकेको छैन की भनेर हामीलाई अनेकौ प्रश्नहरू तेर्सिएर सताई रहेको छ।
एक पटक के अवस्थामा छ मात्र थाह पाउन पाए मन शान्त हुने प्रशान्तको आमाको गुहार थियो ।

केहि दिन अघि सम्म फोन लाग्ने थियो र कुरा हुदा जापानी भाषामा म त्यो ब्यक्ती होईन भन्ने जवाफ आउने थियो। हामीहरू ले गाली गरेर पनि म्यासेज लेखेका थियौ। अहिले भने त्यो नम्बर बन्द भएको छ।
हामी त्यो घरको आशु रोकेर हासो फर्काउन चाहन्छौं त्यसैले खोजी कार्यमा सहयोग गर्न एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले जापानवासी नेपाली र संचारमाध्यमलाई अपिल गरेका छन ।
यो एउटा आमाको गुहार हो, शेयर गरेर प्रशान्तसम्म पुराउन हेल्प गरौं ।
तस्वीर : सिद्धार्थ श्रेष्ठ, टोकियो