जापान,१३ असार । नयॉं शक्ति जापानको प्रथम माहाधिवेशन उत्साह र सफलताकासाथ सम्पन्न भएको छ । उक्त अधिवेशनले संस्थापक संयोजक रहदै आउनु भएका पदम ठगुन्नालाई अध्यक्षको जिन्मेवारी सर्वसहमतिका आधारमा तोक्दै , सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ ।
नयॉं शक्ति पार्टी नेपालको जन्म भएको छोटो अबधिमै विश्वका ३० भन्दा बढी मुलुकमा अन्तराष्ट्रीय नेपाली समाज गठन गर्न सफल भएको छ ।
जापानमा ३५ जानबाट सुरु गरेको संगठन झन्डै ५०० सदस्यहरु रहेको नवनिर्वाचित महासचिव चन्द्रिका आमागाईले ओएस नेपाल जापानलाई जानकारी गराएका छन ।
२५ तारिखका दिन जापानको टोकियोमा अवस्थित रोधी कल्बको हलमा नयॉं शक्ति पार्टी नेपालको प्रभावशाली नेता तथा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ । सहभागि सवै नयॉं शक्तिका युवा अभियानताहरुलाई विशेष कार्यक्रमकाबिच संगठन , स्थानीय तहको चुनाव र नेपाली राजनितिमा भइरहेको किर्याकलापकाबारे जानकारी दिनु भएको हो ।
अन्तराष्ट्रीय नेपाली समाज जापानको प्रथम माहाधिवेशनले पदम ढगुन्नालाई सहमतिका आधारमा अध्यक्ष पदकों जिन्मेवारी दिदै पद बाडफाड गरेको छ ।
अध्यक्ष – पदम ठगुन्ना
उपाध्यक्षय – सरिता ढकाल (बरिष्ठ) र राजु केसी
महासचिव – चन्डिका अमगाई
सचिव – मेघनाथ खराल,अमित रायमाझी, मोति गुरुङ र प्रकास सापकोटा
कोसाअध्यक्ष – विनोद विक्रम शाहि
सह कोसाअध्यक्ष – लक्ष्मी दुलाल
तत्काल ७५ जना केंद्रीय सदस्य राख्ने निर्णय गरेको छ । केहि सदस्यहरुलाई थप गरिने कुरा उपाध्यक्ष राजु केसीले जनाएका छन ।