मङ्गलबार, असोज २२, २०८१

एनआरएनए नागानो क्षेत्रको संयोजकमा सर्वसम्मत पम खत्री

जापान,१३ असार ।  एनआरएनए जापानको २०१७-१९ को लागि राष्ट्रिय कमिटिको आठौ अधिवेसन अगस्ट १३ तारिख हुदै छ ,भने क्षेत्रिय कमिटिको अधिवेसन पनि धमाधम हुदैछन् ।

यसै क्रममा ओकिनावा क्षेत्र को अधिवेसन जुन १० तारिख र क्यूस्यू क्षेत्रको जुन २४ तारिख सम्पन्न भैसकेको छ भने, एनआरएनए नागानो क्षेत्रको दोस्रो अधिवेसन जुन २६ मा यशिया प्यासिफिक उपसंयोजक रोबिन्द्र श्रेष्ठ (गोबिन्द )को प्रमुख आतिथ्य र बिशेष अतिथि एनआरएनए जापानका अध्यक्ष सुदन थापासंगै अतिथिमा राष्ट्रीय कमिटीका उपाध्यक्ष टासी वा लामा,सचिव बुद्घिराज घिमिरे , सदस्य बाबुराम भण्डारी, सल्लाहकार केशर गिरी,ओएनएफ सचिवालय सदस्य पर्शुराम बस्नेत,गल्कोट समाजका संस्थापक अध्यक्ष कृष्ण गौचन र सफल ब्यवसायी झम बहादुर खत्री रहनु भएको कार्यक्रममा क्षेत्रिय संयोजक पम बहादुर खत्रीको सभापतित्वमा रहेको अधिवेसन संचालन सुरज मल्लले गर्नु भएको थियो ।

कार्यक्रमामा प्रमुख अतिथि,बिशेष अतिथि तथा अतिथिहरुले आ-आफ्नो धारणा राख्दै निबर्तमान संयोजक पम बहादुर खत्रीको नेतृत्वमा रहेको टिमलाई धन्यवाद दिदै , पुन:खत्रिकै नेतृत्वमा सर्वसम्मत निर्वाचित कमिटीलाई बधाई एवं शुभकामना दिनु भएको थियो। दोस्रो अधिवेसनबाट निर्वाचित हुनेहरुमा क्रमश पम बहादुर खत्रिको संयोजकत्वमा ,उपसंयोजकमा द्वय क्रमश बिजय कार्कि र मित्र लाल बुडाथोकि , सचिव नविन गुरुङ , ससचिव तेजा नन्द भण्डारी ,कोषाध्यक्ष कोमल साहनी , सदस्यमा क्रमश: गिता बस्नेत, बद्री अर्याल ,मिन बहादुर खत्री , रेश्मा कार्कि ,अम्मर भण्डारी र संदिप कार्की रहनु भएको छ। खत्रि पुन दोस्रो कार्यकालको लागि संयोजक हुनु भएको छ भने हाल सम्म तीनवटा क्षेत्रको कमिटिहरु पनि सर्वसम्मत हुदै आएको सचिव बुद्धिराज घिमिरेले जानकारी दिनू भएको  छ ।

नव निर्वाचित टिमलाई प्रमुख अतिथिको रोवरमा एनआरएनए जापानका अध्यक्ष सुदन थापाले पद तथा गोपनीयता को शपथ ग्रहण गराउनु भयो ।nrn nakano nrn nakano2