अल्डरसट,१३ असार । गायिका ममता गुरुङको पहिलो एल्बम् ‘ममता’ बेलायतमा पनि सर्बजानिक गरिएको छ । बेलायतस्थित निरमाया अल्डरसटमा हिजो आइतबार एक कार्यक्रमको आयोजना गरी एल्वमको सार्वजनिक गरिएको हो ।
प्रमुख अथिति एनआरएनए बेलायतको अध्यक्ष मुक्षेत्र गुरुङ,बिशेष अथिति बरिष्ठ गायिका शर्मिला बर्देवा र कार्यक्रम सभापति एनआरनए बेलायतको उपाध्यक्ष शान्ति थापा कुँवर अनि गायिका स्वम ममता गुरुङले दीप प्रज्वलन गरी कार्यक्रमको उद्धघाटन संगै सोही अथितिहरूको साथमा सहारा यूके को अध्यक्ष मीन गुरुङ,समाजसेबी नन्द कुमारी गुरुङ, चितवन परिवार/भिचुक समाजको अध्यक्ष क़ाज़ीमान गुरुङलेले संयुक्त रूपमा गीति एल्बम ममताको बिमोचन गरिएको थियो ।
अध्ययनको सिलसिलामा बेलायत बस्दै आएकी ममताको यो डेब्यु एल्वम हो । एल्वममा ‘नबोलाऊ मलाई मायालु भनि…’, ‘जीवन मेरो त्यही…’, ‘हावासरि चञ्चले मन..’ ‘अल्लारे मन यो मेरो….’ र पर्दा खोलेर.. जस्ता गीतहरु समावेश गरिएका छन् । एल्वममा भएका गीतमा इन्द्र आरपी, ताराप्रकाश लिम्बु, देवा गुरुङ, कालिप्रसाद बास्कोटा र सुरेश मानन्धरको संगीत रहेको छ भने ममता गुरुङ, शशीथापा सुव्वा, कालिप्रसाद बास्कोटा र केबी गुरुङको शब्द रहेको छ ।
बचस्पति रेग्मीको स्वागत मन्तब्य पश्चात एल्बम सार्वजनिक कार्यक्रममा ‘विदेशमा बसेर पनि नेपाली गीत/संगीतमा उनले पु¥याएको योगदानको कदर गर्नुपर्ने भन्दै उक्त गीति एल्बमको समीक्षा गायिकाको आफ्नै पूर्व शिक्षक कृष्ण तिवारीले गर्नु भएको थियो । त्यस्तै कार्यक्रम संचालक बिभा गुरुङले गायिका ममताको बारे अनि गीतसंगीतको यात्रा बारे छोटो जीबनी समेत सुनाउनु भएको थियो
कार्यक्रममा गायिका गुरुङले उपस्थित सम्पूर्ण अथितिहरुलाई खदा लगाएर स्वागत गर्नुभएको थियो भने एल्बममा भएको सबै गीतहरू गाएर गएर सनाउनु भएको थियो । ब्यस्त समयको बाबजुद पनि उपस्थित सम्पूर्ण अथिति, संचारकर्मी,साथी भाई अनि आफन्तजनलाई बिशेष धन्यवाद दिदै म नेपाली गीत संगीतको विद्यार्थी हुँ अझै सिक्ने क्रममा भएकोले आगामी दिनहरूमा पनि तपाई सम्पूर्णको साथ र सहयोग आवश्यक रहेको गायिका ममताले कार्यक्रममा बताइन् । कार्यक्रममा बाँधन बाँध मायाले बाँध भन्ने गीतको म्युजिक म्यूज़िक भिडियो पनि सर्बजानिक गरिएको थियो । एल्वमलाई युथ क्रिएशनले बजारमा ल्याएको हो । स्मरणीय कुरा गायिका गुरुङको उक्त गीति एल्बम गत एप्रिल महिनाको २६ तारिख उहाँको ममतामयी आमा मायादेबी गुरुङ र बुवा हितमान गुरुङले काठमान्डौमा सर्बजानिक गरिसकेको छ ।