सोमबार, भदौ ३१, २०८१

जापान आएका दुई नेतालाई एयरपोर्टबाट फिर्ता

टोकियो,१२ असार । नयॉं शक्ति नेपालका नेताहरूलाई जापान अध्यागमनले एयरपोर्टबाट फिर्ता पठाइदिएको छ ।

पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको प्रथम महाधिवेशनमा सहभागी हुन जापान आउने क्रममा शनिबार बिहान प्रदेश प्रादेशिक समितिका उपसंयोजक शंकर भण्डारी र नेता कुमार पौडेललाई टोकियोस्थित हानेदा एयरपोर्ट अध्यागमन बिभागले फिर्ता पठाएको हो ।

उनीहरूलाई हानेदा एयरपोर्ट अध्यागमनले करिव ३ घण्टा नियन्त्रणमा लिएर फिर्ता पठाएको अन्तर्राष्ट्रिय नेपाली समाज जापानका एक नेताले स्वीकार गरे ।

यसअघि २००८ सालमा विध्यार्थी भिषामा जापानी भाषा अध्यनकालागि जापान आएका भण्डारीलाई जापानी महिला माथी हातपात तथा दुर्य्गवहार गरेको कारण जापान प्रहरीले केही समय हिरासतमा राखेर नेपाल फर्काएको थियो ।

भण्डारीको साथमा आएका नेता पौडेललाई भने लगेजमा पार्टीको ब्यानर र झण्डा भेटेपछि फिर्ता पठाएको बताइएको जनाएको छ । आइतबार टोकियोमा नयॉं शक्ति नेपालका नेता देबेन्द्र पौडेलको प्रमुख आतित्यमा सम्पन्न अन्तराष्ट्रिय नेपाली समाजको प्रथम महाधिवेशनमा पौडेल बिशेष अतिथि र भण्डारी बिशिष्ठ अतिथीको रूपमा सहभागी हुन जापान आएका थिए ।