शुक्रबार, असार ०१, २०८१

तिर्खा मेटाउन कटुवालले र रियालाई लिएर बजार पसेपछि…. भिडियो

काठमाडौँ,११ असार । नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक प्रकाश कटुवालले र जवानीको तिर्खा मेटन रिया श्रेष्ठलाई लिएर शहर पसेका छन् ।  गायक कटुवाल र रिया  तीज गीतमा तिजको गित लिएर बजार पसेका हुन ।  ।   “जवानीको तिर्खा “बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन ।उक्त गीतमा सुमधुर आवाजका धनि गायक प्रकाश कटुवाल र स्‍मृति गौतमको आवाज रहेको छ भने लय /शब्द गायक कटुवालको नै छ ।

यसैगरि उक्त गीतमा रीया श्रेष्ठ र गायक कटुवालले अभिनय गरेका छन् ।राजेश घिमिरेको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोलाई शंकर बि .सि .ले निर्देशन गरेका हुन ।

गायक कटुवालले दर्जनौं चर्चित लोक तथा दोहोरी गीत गाईसकेका छन् । चोरबिरालो पल्क्यो, यो रक्सीको गन्ध,साडे गोरु ,ढाडे बिरालो लगायतका गीतहरु निकै चर्चाको शिखरमा छन् ।