शुक्रबार, मङि्सर २१, २०८१

लक्ष्मण बानियालाई नेतृत्व चयन गरि एनआरएनए क्यूश्यूको अधिवेशन सम्पन्न

टोकियो,१० असार । एनआरएनए क्यूश्यूको पॉचौ अधिवेसन लक्ष्मण बानियालाई संयोजक चयन गरी सम्पन्न भएको छ । शनिवार फुकुओकामा एनआरएनए जापानका अध्यक्ष सुदन थापाको प्रमुख आतिथ्य , बिशेष अतिथि राष्ट्रीय कमिटीका उपाध्यक्ष द्वय टासी वा लाम र टंक गैरे,महासचिव अनुज थापा ,सचिव बुद्घि राज घिमिरे , अग्रज तथा अभिवाहक धर्म अधिकारी साथै अतिथिमा क्रमश एनआरएनए कान्साई क्षेत्रका पुर्ब संयोजक नरेन्द्र बस्नेत,ओएनएफ का प्रतिनिधि पर्शुराम बस्नेत ,सफल ब्यवसायी राजिप श्रेष्ठ,फुनेसोका अध्यक्ष पुरुषोत्तम सिगिदेल,कास्कि पोखरा समाजका अध्यक्ष शिव पौडेल, सोहि समाजका उपाध्यक्ष बिष्णु सुवेदि ,युवा ब्यबसायी बिशाल बर्तौला,रहनु भएको कार्यक्रममा क्षेत्रिय संयोजक किरण बर्माको सभापतित्व मा सम्पन्न भयो।कार्यक्रमामा उपसंयोजक लक्ष्यमण बानियाँ को स्वागत मनतव्य रहेको सो अधिवेसनमा क्रमश प्रमुख अतिथि एनआरएनए सुदन थापा लगाएत बरिष्ठ अतिथि तथा अतिथिहरुले आआफ्नो धारणा राख्दै निबर्तमान संयोजक किरण बर्माको नेतृत्व मा रहेको टिमलाई धन्यवाद दिदै लक्ष्यमण बानियाको नेतृत्व मा सर्वसम्मत निर्वाचित कमिटी लाई बधाई यवं शुभकामना दिनु भएको थियो।IMG_0012

कार्यक्रम संचालन कमिटिका सचिव देवराज उप्रेतिले गर्नु भएको थियो।
लक्ष्मण बानियाको संयोजकत्वमा ,उपसंयोजकमा द्वय क्रमश देवराज उप्रेती र नवराज गौतम , सचिव शीशीर ज्ञवाली, सह-सचिव सुरज बन ,कोषाध्यक्ष दिलेन्द्र जोशी , सदस्यमा सुर्य कुमार , सचिन नेवाङ ,प्रेम गुरुङ, पंकज बजगाई,नविन अधिकारी ,आशीष खड्की ,मोहन सिंह मडाई रहनु भएको छ

नव निर्वाचित टिमलाई अधिवेसनका प्रमुख अतिथि एनआरएनए जापानको अध्यक्ष सुदन थापाले पद तथा गोपनीयता को शपथ ग्रहण गराउनु भयो। अधिवेसनको केहि दिन पहिल्यै देखि एनआरएनए क्यूश्यू को नया सदस्यको परिचयपत्र पनि हस्तान्तरण गरिसकिएको थियो, गत बर्ष १४७ को हाराहारिमा रहेको सदस्य यस पल्ट १५०० भन्दा बडि रहेको छ।

हलले निर्वाचन कमिटिमा क्रमश छत्र दहाल,किरण बर्मा,योगेश कार्कि,सुन्दर मणि रेग्मि र पुरुषोत्तम सिग्देल साथै अध्यक्ष मण्डलमा क्रमश टंक गैरे,किरण बर्मा र क्षेत्र दहाल रहनु भएको अधिवेसनले कोषाध्यक्ष नवराज गौतमले पेश गर्नु भएको कमिटिको आर्थिक प्रतिवेदन र सचिव देवराज उप्रेति ले पेश गर्नु भएको प्रगति प्रतिवेदन हलले सर्वसम्मत पास गरेको एनआरएनए सचिव बुद्धीराज घिमिरेले जानकारी दिनु भयो ।

एनआरएनए जापानको २०१७-१९ को लागि राष्ट्रिय कमिटिको आठौ अधिवेसन अगस्ट १३ तारिख हुदै छ ।