जापान । नेपाली नयाँबर्ष २०८१ सालको अवसरमा गोर्खा ब्रोदर्स नेपाली समाजद्वारा शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
जापानका विभिन्न शहरहरु क्योतो, ओसाका, कोबे, नारा, सिगामा बस्दै आउनुभएका नेपाली समुदायहरुलाई लक्षित गर्दै क्योतो ब्रोदर्सले क्योतो शहरमा पहिलोपटक यस्तो प्रकारको इभेन्ट गर्न लागेको हो। कार्यक्रमलाई व्यवस्थित र मर्यदित तरिकाले सम्पन्न गर्न सुरक्षामापनि विशेष ध्यान दिएको समेत कार्यक्रमका संयोजक भविन्द्र कुलुङ राईले जानकारी दिनुभएको छ ।
नेपाली समुदायलाई कार्यक्रममा उपस्थिति जनाएर कार्यक्रमलाई सभ्यभव्य बनाइदिन अपिल समेत गर्नुभएको छ । जापानका विभिन्न शहरहरुबाट म्युजिकल ब्यान्ड, सोलो डान्स र कल्चरल डान्स लगायतका विभिन्न विधामा प्रस्तुती रहनेछ। यसरी क्योतो मानै पहिलोपटक हुनलागिरहेको यो इभेन्टलाई सफल बनाउन विभिन्न संघसस्थाहरुको समेत सहयोग रहने भएको छ।
क्योतोमानै पहिलोपटक यसरी हुनलागिरहेको नेपाली नयाँ वर्षको यो इभेन्टलाई सभ्यभव्य तरिकाले सफल बनाउन कार्यकमा सम्योजकबाट सम्पूर्ण जापनवासी नेपालीहरुमा उपस्थितकोलागि हार्दिक अनुरोध समेत गर्नुभएको छ।
कार्यक्रम हुने
मिति: Friday 12 April, 2024 (चैत्र -३० )
समय: 18:00 PM
स्थान: KBS Hall, Kyoto