सोमबार, बैशाख ०७, २०८३

जापानमा गुरुङ समाज जन्मियो: आगामी मे १२ तारिख प्रथम अधिवेशन गर्ने

टोकियो । जापानमा गुरुङ समुदायको छुट्टै संस्था गुरुङ समाज जापान जन्मिएको छ । गुरुङ समाज जापान गठन भई आगामी मे १२ तारिख प्रथम अधिवेशन गर्ने तयारी थालिएको हो।

संघीय लोकतान्त्रिक गणतन्त्रिक मुलुकमा बहुजाती, बहुभाषीक, बहुधार्मिक र बहुसंस्कृतिक विविधताले सजिएको देशमा गुरूङ जातिको कला, संस्कार, भेषभुषा, रहनसहन, पराम्परा, भाषा आदी तमू जातीमा मात्र सिमित नभई देश तथा विदेशमा समेत चीरपरिचित छन् । गुरूङ समुदायको संस्कार सँस्कृति र भेषभूषा देशकै गहना हो । कला संस्कारलाई संरक्षण गर्दै भावि नयां पुस्तालाई समेत आफ्नो पहिचान हस्तान्तरण गर्नु पर्दछ। यो नै अबको युवा पुस्ताको प्रमुख कार्यभार हो भन्ने हेतुले जापानमा रहनु भएका तमाम् गुरुङहरुलाई समेट्दै नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका गुरुङ लाई अपनत्व महशुस हुने गरी गुरूङ समाज जापान स्थापना गर्न लागेको तदर्थ कमिटीका सचिव मोती गुरुङले बताए ।

“प्ये म्हस्यां छ्या म्हमु,छ्या म्हस्यां ल्हु म्हमु,ल्हु म्हस्यां म्ही म्हमुं” भन्ने कथनलाई प्रमुख नारा बनाएर टोकियोको मितो दे गोतान्दामा प्रथम अधिवेशन गर्ने तयारी गरेको छ ।
प्रथम अधिवेशन सफल पार्न युवराज गुरुङको संयोजकत्वमा तदर्थ कमिटी तय गरेको छ । साथै विधान मस्यौदा समिति, प्रचार प्रसार समिति लगायत विभिन्न उपसमितिहरु वनाई अधिवेशन भव्यताका साथ सफल वनाउन सबै लागि परेको प्रचार-प्रसार विभाग संयोजक प्रकाश कोके गुरुङले वताए । हामीले समाजको संख्या थप्न मात्र खोजेको होइन गुरूङ समाज जापानले निकट भविष्यमा आफ्नो लक्ष्य र उद्देश्य आत्मासाथ गर्दै गुरूङ समुदायको प्ये ताँ ल्हु ताँ, भाषा, भेषभूषाको संरक्षण र संवर्द्धनमा जोड दिँदै, गैर गुरूङ नेपाली समुदायसंग समेत हातेमालो गर्दै एउटा उदाहरणीय कार्य गर्नेमा संयोजक युवराज गुरूङले जानकारी दिए।

प्रथम ऐतिहासिक अधिवेशन भव्यताको साथ सफल पार्नको लागि सबै जापानवासी तमुहरुलाई आयोजक गुरुङ समाज जापानद्वारा अनुरोध सहित अपील गरेको छ।