टोकियो । जापान मानि एक्सप्रेस कम्पनी लिमिटेडको केन्द्रिय कार्यालय सिन्जुकु, टोकियो, जापान र मनिग्राम इन्टरनेश्नल आइएनसी बिच साझेदारी सम्झौता भएको छ ।
जापान मनि एक्सप्रेसको केन्द्रिय कार्यालय टोकियो, जापान र मनिग्राम इन्टरनेश्नल आइएनसी बिच विश्वका विभिन्न देशहरुमा रहेका समुदाय, परिवार तथा व्यक्ति लाई अन्तर देशिय विप्र्रेषण सञ्जालमा जोडने गरि साझेदारी सम्झौता भएको हो।
जापान मनि एक्सप्रेसले आफ्नो पहुँच विस्तार गरि आफ्ना ग्राहक सदस्यहरुलाई जापानवाट विश्वका विभिन्न देशहरुमा पैसा पठाउन सहजता प्रदान गरेको छ । यसका साथै जापान मनिले विभिन्न किसिमको डिजिटल सेवाहरु सहित आफ्नो स्तर वृद्धि गर्दै गएको छ । जुनसुकै देशमा चौविसै घण्टा सातै दिन पैसा पठाउन सकिने व्यवस्था सहित सेवा शुल्क विना नै पैसा पठाउन सकिने र सेवा शुल्क घटाउन सकिने विशेषताहरु थ्प गरेको छ ।
विगत १४ वर्ष देखि जापानबाट विश्वका विभिन्न देहरुमा पैसा पठाउनको लागि सहजता प्रदान गर्दै आएको छ । हालसम्म जापान मनि एक्सप्रेसले मनिग्राम इन्टरनेश्नल आइएनसीले विश्वका ११ अन्तराष्ट्रिय साझेदार बैंक तथा विपे्रषण कम्पनीहरुसंग रेमिटेन्स सम्बन्धि कार्य गर्दै आइरहेको छ ।
जसले गर्दा विश्वका १२ देशहरु (नेपाल, भारत, पाकिस्थान, श्रीलङ्का, बंगलादेश, इन्डोनेसिया, कम्बोडिया, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, म्यानमार र मंगोलिया) मा सहजै पैसा पठाउन सकिने छ ।