बिहिबार, जेठ १७, २०८१

गुल्मेली समाज जापानले नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

जापान । गुल्मेली समाज जापानले नेपाली नयाँ बर्ष २०८१ को पावन अवसरमा साकुरा फेदमा बसेर नोमिखाई तथा शुभकामना आदनप्रदान गर्ने भएको छ।
परदेशको व्यस्त समयको बावजुत सामाजिक काममा अग्रसर गुल्मेली समाज जापानले नेपालीको नयाँ बर्ष २०८१ को अवसर पारेर शुभकामना आदानप्रदान गर्न लागिएको समाजका अध्यक्ष महेन्द्र कुमारी अधिकारीले जानकारी दिए।

अप्रिल ६ तारिख शनिवार उएनो पार्कमा प्रकृतिको वरदान जापानको पहिचानको रूपमा रहेको साकुरा फुलेको साकुराको रुखमुनि बसेर नोमिखाई गरि नेपाली नयाँ बर्ष मनाउन लागिएको हुदा गुल्मेली तथा इच्छुक नेपालीलाई सहभागिता जनाउनको लागि यसै कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष इन्द्र थापाले अनुरोध गरेका छन्।
प्रवासमा नेपाली नेपाली बिच आत्मिय सम्बन्ध बढाउन, एक आपसमा परिचित हुन्, सामाजिक कार्यमा हातेमालो गर्न साथै आपसमा सहयोग आदानप्रदान गर्न यस कार्यक्रमले सहयोग गर्ने मात्रै नभै सन्देश दिने समेत थापाले जानकारी दिए।

गुल्मेली समाज जापानले विभिन्न अवसर पारेर सहयोगी कार्य, रचनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आइरहेको छ।