मङ्गलबार, साउन ०१, २०८१

अनेसास जापानको ६९औँ साहित्यिक शृङ्खला साकुराको फेदमुनि सम्पन्न

जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले ६९औँ नियमित साहित्यिक शृङ्खला साकुराको फेदमुनि सम्पन्न गरेको छ। संस्थाकी सचिव संगीता कुवँरको स्वागत मन्तव्यसँगै साकुराको बोटलाई प्रमुख अतिथि बनाई सुरू गरिएको कार्यक्रममा जापानको राष्ट्रिय फूल साकुराको बोटलाई प्रमुख अतिथि सम्बोधन गरिरहँदा सहभागीहरुले ताली बजाएर स्वागत गरे।
संस्थाको अध्यक्ष अरुण पौड़ेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरु केन्द्रीय निबर्तमान अध्यक्ष प्रकाश पौडडेल माईला संस्थाका पूर्व अध्यक्षहरू दिनेशराज ज्ञवाली,दीप पाठक, गिरिजा गैह्रे,रबिन शर्मा, एनआरएनए एसिया प्यासिफिक डिआरसि तथा बिहूकोट समाज जापान अध्यक्ष दीपक कंडेल, बाग्लुङ समाज जापानका अध्यक्ष यमकान्त कंडेल, अन्तरराष्ट्रीय नेपाली समाजका अध्यक्ष प्रकाश केसी, साहित्य चौतारी नेपाल जापान शाखा अध्यक्ष अमरदेव बास्तोला,चितवन समाज जापान पूर्ब अध्यक्ष राजन कुमार श्रेष्ठ, हामीले नगरे कसले गर्ने अभियान संयोजक दीपक बाबु नेपाल ,गुल्मेली कान्तो समाज जापान अध्यक्ष कृष्ण भण्डारी ,गायक ख़ेमराज पौडेल ,बिनेसाम जापान सचिब बिजय श्याङबो, पत्रकार मोहन घले ,राजन गौतम,गोकर्ण अधिकारी,अर्जुन लामीछाने, सजीना मोक्तान लगाएतको आथित्यता सहित कार्यक्रममा साहित्यप्रेमी तथा अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो

कार्यक्रममा सजिना मोक्तान ,मनोज मौसम केसी ,यमलाल कडेल, संगीता कुवँर,अमर देव वास्तोला, मन्जु गिरी बन, राधिका पाण्डे ,सारदा पान्डे , दीपेश पौडेल ,रबीन शर्मा दीप पाठक ,गिरिजा ग़ैरे ,अरुण पौड़ेल ,प्रकाश पौडेल माइला ,ख़ेमराज पौडेल वकेशब ज्ञवाली
नोनोका क्षेत्री (जापानको छोरी नेपालको बुहारी) ,प्रवन पोखरेल लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रमको संयोजन संस्थाका सचिव मनोज मौसम केसीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सदस्य नारायण पोखरेलले गर्नु भएको थियो।