शनिबार, बैशाख १५, २०८१

स्याङ्जा समाज जापानको १३औं साधारण सभाको सम्पूर्ण तयारी पुरा

जापान । विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका जापानवासी स्याङ्जालीहरुको संस्था स्याङजा समाज जापानको १३ औं बार्षिक साधारण सभा मार्च ३१ तारिख आईतबार टोकियो बाहिर सिजुओकामा हुन गईरहेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
परदेशिएका जिल्लावासीहरुको सुख दु:खमा हातेमालो गर्दै अगाडी बढ्ने उदेश्यले सन् २०१२ मा स्थापित भएको समाज हालसम्म नागोया, सिजुओका, फुकुओका र किता कान्तो गरि ४ क्षेत्रीय समितिहरु सक्रिय छन् । समाजको ईतिहाँसमा पहिलो पटक टोकियो बाहिर साधारण सभाको सबै व्यवस्थापकीय जिम्मा सिजुओका कमिटी लिएको सिजुओका क्षेत्रीय समितिका अध्यक्ष मिलन अर्यालले बताउनु भएको छ ।

सभालाई मनोरन्जन र संगितमया बनाउनको खातिर जापानका ख्यातीप्रप्त कलकारहरुको साँगितिक कार्यक्रम पनि रहेको समाजका सचिव एवं साँस्कृतिक विभाग प्रमुख समुन्द्र राज पौडेलले जानकारी दिए ।

जापानमा रहेका हरेक संघ संस्थाहरुसँग मैत्रिभाव र निकटता राख्दै जापानमा रहेको स्याङ्ग्जावासीहरुको हक र हितको निम्ती काम गर्ने, पिडित स्याङ्गजावासीहरुलाई राहत दिने, नेपाली कला र संस्कृतिलाई विकाश गर्ने, स्याङ्गजा जिल्लामा भैपरि आउने दैविक प्रकोप तथा प्राकृतिक बिपत्तिका बेलामा आवश्यक सहयोग गर्ने, स्याङ्गजा जिल्लाका दुर्गम ठाउँ लगायत सामाजिक शैक्षिक तथा धार्मिक स्थलको विकासको निम्ति सक्दो सहयोग गर्ने र धर्म, जात, लिङ्ग तथा राजनीति निरपेक्ष रहि विशुद्ध सामाजिक संस्थाको रुपमा यसलाई परिचालन गर्ने उद्देश्य लियर स्थापना गरिएको हो स्याङ्जा समाज जापानले स्मरण गराएको छ ।

साधारण सभाले समाजको भावी कार्ययोजना र कार्यदिशा तय गरेर सिजुओका घोषणा पत्र जारी गरि जापानवासी सम्पुर्ण स्याङजालीहरुलाई एकतृत गरी दु:ख सुखमा एकअर्कामा हातेमालो गर्ने महासचिव सागर मणि न्यौपानेले बताउनु भयो ।

छैठौं कार्यसमिति गठन भएको १ बर्ष पुगेकोले १ बर्षभित्र भएका कामहरुको मुल्याङ्कन र भएका कमी-कमजोरीहरुमा राय सल्लाह दिन उक्त साधारण सभामा सहभागी भई समाजमा जोडिनको लागि सम्पूर्ण आजीवन सदस्यहरु, साधारण सदस्यहरु र जापानवासी स्याङ्जाली दाजुभाई तथा दिदीवहिनी सबैलाई अध्यक्ष चित्र गुरुङले अनुरोध गर्नुभएको छ ।
साधारण सभाले समाजको भावी कार्ययोजना र कार्यदिशा तय गरेर सिजुओका घोषणा पत्र जारी गरि जापानवासी सम्पुर्ण स्याङजालीहरुलाई एकतृत गरी दु:ख सुखमा एकअर्कामा हातेमालो गर्ने महासचिव सागर मणि न्यौपानेले बताउनु भयो ।

छैठौं कार्यसमिति गठन भएको १ बर्ष पुगेकोले १ बर्षभित्र भएका कामहरुको मुल्याङ्कन र भएका कमी कमजोरीहरुमा राय सल्लाह दिन उक्त साधारण सभामा सहभागी भई समाजमा जोडिनको लागि सम्पूर्ण आजीवन सदस्यहरु, साधारण सदस्यहरु र जापानवासी स्याङ्जाली दाजुभाई तथा दिदीवहिनी सबैलाई अध्यक्ष चित्र गुरुङले अनुरोध गर्नुभएको छ ।