टोकियो । जापानको विभिन्न शहरमा छायांकन गरिएको गायक तथा संगीतकार प्रकाश तितुङ तामाङको शब्द संगीत र स्वरमा तयार भएको बनि रहन्छ छाया बोलको एकल आधुनिक गीत सार्वजानिक भएको छ ।
गीतको म्यूजिक भिडियो गायक प्रकाश तामाङको अफिसियल युट्युब च्यानल प्रकाश तितुङ तामाङ मार्फत सार्वजानिक गरिएको हो ।
बनि रहन्छ छाया बोलको गीतको आगा लामाले एरेञ्ज गरेका छन् भने रेशम गदालले मिक्सीङ गरेका छन् । त्यसैगरी गीतको भिडीयो प्रकाश तितुङ तामाङ र लक्ष्मी पुर्जाले अभिनय गरेका छन् भने अजित जनक क्षेत्रीले भिडीयो खिच्नुका साथै सुर्य लामाले इडिट गरेका छन् ।
प्रकाश तितुङ तामाङ स्वयमले निर्देशन गर्नुका साथै भिडीयो जापानको बिभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।
गायक प्रकाश विगत डेढ दशकदेखि दर्जनौ गीतहरुका साथ निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रमा सकृय हुदै आइरहेका छन् ।
पुरा भिडियो

