शनिबार, असार ३०, २०८१

राजदूत राणालाई टोकियोमा भब्य सम्मान

टोकियो : जापानको लागि नेपाली राजदूत प्रतिभा राणालाई एनएनआरएन जापान को संयोजनमा जापान स्थित सम्पुर्ण संघ संस्थाहरुको सामुहिक आयोजनामा आईतबार संयुक्त रुपमा स्वागत गरेका छन ।

एनआरएन जापानका अध्यक्ष सुदन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जापानमा क्रियाशील राजनैतिक भातृसंगठनका अध्यक्षहरु तथा बिभिन्न संघ संस्था अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा सम्पुर्ण संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधि हरुले फुल तथा खादा लगाएर सम्मान गर्नु भएको थियो भने उहॉको सम्मानमा रात्रि भोजको समेत ब्यवस्था गरिएको थियो। कार्यक्रमको स्वागत मतब्य गल्कोट समाजका अध्यक्ष नरबहादुर थापाले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन जनजाति महासंघका सचिव देवि वहादुर ईग्नामले गर्नुभयो थियो । राजदूतबासका उपनियोग प्रमुख कूष्णचन्द्र अर्याल र एनआरएनए आईसिसि यशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा को बिशेष आतिथ्य रहेको स्वागत कार्यक्रममा जनसंपर्क समिति जापानका सभापति डिपि कडेंल,ओएनएफ जापानका कार्यवाहक अध्यक्ष बावुराम भण्डारी , नेपाली जनप्रगतिशिल मोर्चा का प्रतिनिधि श्रवण सत्याल,अन्तराष्ट्रीय नेपाली समाज को प्रतिनिधि सरिता भट्टराई , नेपाली जनप्रगतिशिल समाज का अध्यक्ष दिनेश शाहि लगायतले स्वागत मतब्य रहेको थियो भने कार्यक्रम संचालन बॉके बर्दिया मैत्रि समाजका अध्यक्ष जनक बिक्रम शाही गर्नु भएको थियो

भने सो कार्यक्रम मा एनआरएनए आईसिसि सदस्य हरु, एनआरएनए जापान का पदाधिकारी लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीको पनि बाक्लो उपस्थित रहेको थियो।