नयाँदिल्ली । नेपालको पहिलो महिला रेस्लर भगवती खड्का दिल्लीमा सम्मानित भएकी छिन् । भारतको एफएफडब्लू स्टार रेस्लर प्रिन्स आदभान्शी र नेपाली रेस्लर खड्कालाई आइतबार सम्मान गरिएको छ।
दिल्लीको डीडीए स्पोर्टस् कम्प्लेक्समा भइरहेको ‘वसन्त एवं होली महोत्सव’ आयोजकले खेलाडीहरूलाई सम्मान गरेको हो ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनको सञ्चालक रहेकी खड्काले विदेशका दर्जनौँ देशमा गएर रेलिङ खेलिसकेकी छिन् । नेपालमा समेत विश्वका विभिन्न देशका चर्चित रेस्लर ल्याएर खेल गरिसकेकी छिन् ।