शनिबार, बैशाख १५, २०८१

जापानमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा १८ जना महिला सम्मानित

जापान । नेपाली राजदूतावास जापान र गुल्मेली समाज जापानको सहकार्यमा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली दिदीबहिनी सम्मिलन समारोह एवं सम्मान कार्यक्रम
जापानका लागि नेपाली राजदूत तथा समारोहका सभापति डा. दुर्गा बहादुर सुवेदीको सभापतित्व संगै उहाँका धर्मपत्नी पुनम सुवेदी तथा गुल्मेली समाज जापानका अध्यक्ष प्रमुख अतिथि महेन्द्रकुमार अधिकारी कार्यक्रम, संयोजक लक्षमी केसी महर्जनबाट नेपाली दिदीबहिनी सम्मिलन समारोहको ब्यानर लोकार्पण गर्दै कार्यक्रमको समुद्घाघाटन तथा नेपाल र जापानको राष्ट्रिय धुन प्रस्तुत गर्दै कार्यक्रमको औपचारिकता आरम्भ भएको थियो ।
कार्यक्रम राजदूत डा. सुवेदीले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।

उक्त समारोहमा नेपाली दाजुभाइहरूसँग विवाह गरेर सफल दाम्पत्य जीवन निर्वाह गरिरहनुभएका र नेपाली र जापानी समाजबीच पारिवारिक, सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन योगदान गर्नुभएका १८ जना जापानी दिदीबहिनीहरूलाई सम्मान गरिएको थियो ।
जापानी र नेपाली समाजमा देखाई महत्वपूर्ण योगदान गर्नुहुने ५ जना महिला कुक नेपाली दिदीबहिनीहरूलाई दोसल्ला बुकी र प्रमाण पत्रद्वारा सम्मानित भएका थिए ।

जापानी बुहारी कोतर्फ बाट एचको हिरासावा श्रेष्ठले मञ्चमा बोल्दै यसरी सम्मानीत हुन पाउदा अत्यन्त खुसी लागेको नेपालीको मन अत्यन्त दयालु र सहयोगी रहेको बताउनु भएको थियो । नेपाली नारी रेनुका शाक्य जो जापानमा कुक भिजामै जापान आउने पहिलो महिला आफुरहेको भन्दै आज यहासम्म पुग्दा कुनै संघसस्था जानाकार नरहे संगै आज राजदूतावास र गुल्मेली समाजले गरेको यो सम्मान प्रति आफु कृतज्ञ रहेको बताईन् ।

नेपाली दिदीबहिनी सम्मिलन एवं सम्मान कार्यक्रमका संयोजक लक्ष्मी के.सी. महर्जन र सह-संयोजक कामना भण्डारी तथा कार्यक्रम सञ्चालक यसोदा बस्नेतलाई पनी दोसल्ला खादा र बुकीले सम्मान गर्नु भएको थियो ।