बुधबार, बैशाख १२, २०८१

मखमाली चोलीमा ढाकाको तुनाको म्यूज़िक भिडियो बजारमा

काठमाडौं,४ असार । नव प्रतिभाका धनि सर्जक ध्रुबप्रसाद अ्म्गाईले मखमली चोलीमा ढाकाको तुना बोलको गीतसहित म्यूज़िक भिडियो लिएर आएका छन ।
गोरखाको फुजेलमा जन्मिएका गीतकार तथा नवप्रतिभाका धनि सर्जक ध्रुब प्रसाद अम्गाई बिगत १७ बर्ष देखी देशबाहिर यूके हुँदै हाल मकाऊमा बस्दै आएका छन ।

उनै अम्गाइले हालसम्म बिहानिको घामको झुल्को २०१० मा रेकर्ड गरे रामकृष्ण ढकालको स्वर, वारीमा खोला पारीमा खोला २०१०, रामचन्द्र काफ्ले र साजन आले , फूल दीउ त ओइलाइ जाला २०१७ प्रमोद खरेल ,नजुरेको लगन हाम्रो २०१७ अन्जु पन्थ र मनोज शिवाकोटी दुइजनाको स्वरमा , क़ैले माया यता लायौ कहिले उता २०१७ जुनु रिजाल , मखमाली चोलीमा ढाकाको तुना २०१७ हाल अमगाइले विन्ध्या वासिनी म्यूजिक प्रालिवाट ल्याएका हुन ।
जसमा संयम सर्जक अम्गाई आफैले मिठो शब्द रचना गरेका छन भने बहुचर्चित गायक तथा संगीतकार चेतन सापकोटाको स्वर र संगित , निर्देशन कपिल लामा र क्यामरामा राजेश घिमिरे ,सम्पादन तेजेन्द्र शाहले गरेका छन् भने यस म्युजिक भिडीयो बिध्दबासिनी म्युजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ ।
परदेशी भुमीमा रहेर पनि गीत संगितलाई नजिकबाट नियाल्दै सर्जक अम्गाईको उक्त म्युजिक भिडियोमा चर्चित मोडेल एलिसा राई र पुस्पल खड्काको अभिनय रहेको छ ।