बिहिबार, असोज २४, २०८१

शेर्पा संघ जापानले नेपालबाट कलाकार बोलाएर ग्याल्बो ल्होसार मनाउने

टोकियो । शेर्पा संघ जापानले २०२४ सालको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि शेर्पा संघ जापानले नेपालका हिमाली सामुदयको मुख्य पर्ब ग्याल्बो ल्होसारलाई भब्य रुपमा मनाउने तयारी गरेको हो।

बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१५१ ग्याल्बो ल्होसारलाई अविश्मरणीय र मनोरञ्जनपुर्ण बनाउन शेर्पा संघ जापान तिब्र तयारीमा जुटेको छ । मार्च २४ तारिखका दिन तय गरिएको ग्याल्बो ल्होसार बिशेष साँस्कृतिक कार्यक्रममा शेर्पा परिकार र शेर्पा सँस्कृतिको अवलोकन गर्न सकिने आयोजक संस्था शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पाले जानकारी गराएका छन।

कार्यक्रममा जापानमा रहेका नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गित संगीतहरु प्रस्तुत गर्नेछन भने शेर्पा संस्कृतीसंग सम्बन्धित दर्जनौ प्रस्तुतिहरु पनि रहने जनाएको छ ।
कार्यक्रममा मौलिक नाचगान तथा नेपालबाट डोमा ह्याल्मो, लाप्पा शेर्पा र डीजे नबीनले कार्यक्रमलाई थप सांगीतिक माहौल प्रदान गर्ने छ ।
कार्यक्रम टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा हुने कार्यक्रममा सहभागी हुने सबै जापानबासी शेर्पाहरुलाई आफ्नै भेषभुषामा उपस्थित भईदिन शेर्पा संघले बिनम्र अपिल गरेको छ ।
कार्यक्रममा जापानस्थित बिभिन्न नेपाली संघ संस्थाका पदाधीकारी, सबै जापानबासी नेपालीहरुलाई शेर्पा संघ जापानले निमत्रणा दिएको छ ।