मङ्गलबार, बैशाख ११, २०८१

स्याङ्जा समाज जापानको कित्ताकान्तो क्षेत्रको अध्यक्षमा शिव अर्याल चयन

जापान । स्याङ्जा समाज जापानको क्षेत्रीय समिति किता कान्तो क्षेत्रको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा शिव अर्याल चयन भएका छन् ।
आईतबारका दिन संयोजक शिब अर्यालको सभापतित्व तथा स्याङ्जा समाज जापानका अध्यक्ष चित्र गुरुङ प्रमुख अतिथिमा स्याङ्जा समाज जापान किता कान्तो क्षेत्रको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
अधिवेशनका प्रमुख अतिथि एवं केन्द्रका अध्यक्ष चित्र गुरुङले परदेशी भूमिमा समाज र संघ संस्था अपरिहार्य रहेको र सम्पूर्ण जिल्लावासीहरुलाई समाजमा गोलबन्द भई दु:ख सुखमा हातेमालो गर्दै अगाडी बढ़ने अपील गरे । यसैगरि समाजका केन्द्रीय संरक्षकहरु पिताम्बर चापागाई, धुर्व ज्ञवाली, सल्लाहकारहरु, केन्द्रीय समितिका पदाधिकारीहरु, किता कान्तो क्षेत्रमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगाएत सामाजिक व्यक्तित्वहरुरुको बाक्लो उपस्थिति रहेको थियो । केन्द्रीय समितिको प्रथम वैठकमा निर्णय गरे वमोजिम वरिष्ठ उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वेद कार्की, केन्द्रीय समितिका सबै पदाधीकारीहरु र NRNA गुन्मा क्षेत्रका संयोजक नसिर दिन मियाँको विशेष पहलमा प्रथम अधिवेशन सम्पन्न गर्न सफल भएको समाजका महासचिव सागर मणि न्यौपानेले बताए ।

किता कान्तो क्षेत्रका नवगठित कार्यसमिति :-
1. अध्यक्षः- शिव अर्याल
2. उपाध्यक्षः- आकाश कुँवर
3. उपाध्यक्षः- लक्ष्मण न्यौपाने
4. सचिवः- रमेश कुमार सुनाम
5. सह-सचिबः- यम गुरुङ
6. कोषाध्यक्षः- श्याम कुँवर
7. सह-कोषाध्यक्षः- कुशुम मगर
सदस्यहरु
8. भिष्म भूषाल
9. मैनु दिन मिया
10. सुन्दर पाण्डेय
11. विनोद थापा
12. सिता गुरुङ
13. सोनि कुँवर
14. खुम ब. कुँवर
15. अर्जुन श्रेष्ठ
16. सर्मिला गुरुङ
17. हिरासिंह थापा
18. विनोद गुरुङ
19. सन्दिप कुमार थापा

सल्लहकारहरु :-
निरज गुरुङ
नसिर दिन मियाँ
चिजकाजी गुरुङ
रवीन्द्र कुँवर
तारा गौडेल
भेशम न्यौपाने
कृष्ण बहादुर पाण्डे