बिहिबार, फागुन ०१, २०८१

प्रजातन्त्र दिवसको अवसरमा आज टोकियोमा रक्तदान कार्यक्रम

जापान । प्रजातन्त्र दिवसको अवसरमा आज टोकियोमा रक्तदान कार्यक्रम हुने भएको छ ।
नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक बर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

यसैको निरन्तरता स्वरूप फागुन ७ गते पर्ने राष्ट्रीय प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली जनसम्पर्क समिति जापानको अन्तरिम केन्द्रीय समितिले दुई कार्यक्रमहरु जापानको राजधानी टोक्योमा आयोजना गर्न लागेको छ।

टोकियोमा १९ फेब्रूअरी सोमवार मध्याह्न १२:०० बजे देखि ३:०० बजेसम्म रक्तदान कार्यक्रम तथा साँझ ६:०० बजेदेखि ८:०० बजे सम्म ऐतिहासिक राष्ट्रीय प्रजातन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्वलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्नेजनाइएको छ।

‘उक्त दिन रक्तदान का लागि स्थान – 千代田区外神田1-16-9 朝風二号館ビル5階 स्थित टोक्यो मेट्रोपोलिटन स्वास्थ्यकार्यलयमा तय गरिएको छ भने औपचारिक कार्यक्रम शिनओकूबोमा व्यवस्थापन गरिएको प्रवक्ता सुरज बनले जानकारी दिए ।

स्मरण रहोस नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति जापानमा लामो समयअघि बाटको विवाद रही आएको छ ।

जनसम्पर्क समिति जापानका सभापति डिका कार्कीले प्रजातन्त्र दिवसको अवसरमा १०४ वर्षिय जहानिय राणा शासनको अन्त्य भई प्रजातन्त्र प्राप्त भएको दिनलाई सम्झन कार्यक्रममा उपस्थितको लागि अनुरोध गरेका छन ।