आइतबार, माघ १३, २०८१

नेपाली चलचित्र ‘महाजात्रा’जापानभर प्रदर्शनी हुने, टोकियोमा मार्च २३ तारिख

जापान । नेपाली सिनेमाको सिरीज अन्तर्गतको प्रतिक्षित फिल्म “महाजात्रा” टोक्योमा शनिबार २३ मार्चको दिन नाकानो जेरो हलमा लाग्ने भएको छ।
प्रतिक्षित रहेका एसअघिका २ फिल्म दिमाख खराब र भस्मे डनले पानी माग्न नपाएको यथार्थका बीच महाजात्रा टोक्योमा प्रदर्शनमा आउन लागेको हो।
सिनेमालाइ आन्भी एण्ड पिरो इन्टरटेन्टमेन्टको सहयोगमा सचिन आचार्यले जापान भित्राएका हुन्।
महाजात्रा एस अघिका जात्रा र जात्रै जात्रा को तेश्रो सिक़ुएल हो, फिल्ममा जात्रा र जात्रै जात्राका अधिकांस कलाकार छन् भने यो पटक को आकर्षक पात्र हुन् हरिबंश आचार्य, हरिबंशलाइ फिल्मको पोस्टर मा भिलेन लूक्समा प्रश्तुत गरिएको जस्तो देखाईएको छ यद्दपी उनको पात्र बारे खुल्न बाकि छ।
जापानमा जात्रा र जात्रै जात्रा ले राम्रो गरकोले महाजात्रा ले पनि दर्शकको माया पाउने बिश्वास वितरकको छ।
सिनेमाको रिलिज मिति शनिबार नै राख्नुको पछाडी आइतबार हल नपाइयकाले बताइएको छ ।
जापानमा आइतबार नै फिल्म चल्न हम्मे हम्मेको स्थितिमा शनिबार महाजात्राले दर्शक को साथ कती पाउला हेर्न बाकि छ।