जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापान सेन्दाईले ल्होछारको अवसरमा भोली शनिवार शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ ।
मन्जुश्री सम्बत २८६० श्री डुक/मुप्रिल्हो राष्ट्रिय पर्व ल्होछारको पावन अवसरमा एनआरएनए सेन्दाईको आयोजना तथा तामाङ सेवा समाज, तमु धिं समाज र शेर्पा समाज सेन्दाईको सहआयोजनामा फेब्रुअरी १० तारिख भोली शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको हो ।
बहु जाती बहु धर्म तथा बहु सांस्कृतिक परिचय बोकेको हाम्रो देशका सबै कला र संस्कृति हरुको संरक्षण गर्ने कर्तव्य र उद्देश्य स्वरुप सामूहिकरुपमा यस कार्यक्रमको आयोजन गरिएको एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाईका उप-संयोजक अनिल गिरीले जानकारी दिए ।
निःशुल्क प्रवेशको व्यवस्था भएको, कार्यक्रममा सम्पुर्ण सेन्दाईमा रहेका नेपाली व्यवसायी, विद्यार्थी ,कर्मचारी लगायत सबै नेपाली समुदायलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।
कार्यक्रम silver center sendai japan सेन्दाई स्टेसनबाट हिडेर ५ मिनेट। 〒980-0013 宮城県仙台市青葉区花京院1丁目3−2 मा यहि फेब्रुअरी १० तारिख अपरान्ह ४ बजेदेखि आयोजना हुनेछ।