शुक्रबार, मङि्सर २१, २०८१

जापानमा इन्जिनियर र विद्यार्थी संगठनले भव्य सिम्पोजियम गर्दै

टोकियो,४ असार । जापानबासी नेपाली इन्जिनियरहरूको संस्था (नेएज ) र विद्यार्थीहरूको संस्था नेपाली विद्यार्थी समाज जापान ( नेसाज )ले हरेक वर्ष गर्दै आएको सिम्पोजियम यो वर्ष संयुक्तरूपमा गर्ने भएको छ ।
आउँदो जुलाई महिनाको ८ तारिक शनिबार टोकियोमा गर्ने तयारी भएकको जनाएको छ । नलेज केएरिन फर द वेलफर अफ नेपाल र नेपाली भन्ने शिर्षकको सिम्पोजियम आयोजनाका लागि डा वेद प्रसाद काफ्लेको संयोजकत्वमा १० सदस्यीय आयोजक समितिको गठन गरिएको छ । टोकियो सहरको पश्चिम भागमा अवस्थित एसिया युनिवर्सिटीको हलमा गरिने भएको उक्त सिम्पोजिमयमा नेपाली प्रद्यापक, इन्जिनियर, विद्यार्थी लगायत विभिन्न पेशामा स्थापित बौद्धिक व्यक्तित्वहरूबाट समसामयिक विषयवस्तुमा प्रजेन्टेशन गर्ने तयारी हुँदैछ ।
सन् १९९७ मा स्थापित जापानमा रहेका नेपाली विद्यार्थीको पुरानो छाता संगठन नेसाज र २००३ सालमा स्थापित जापानमा रहेका नेपाली इन्जिनियरहरूको संगठन नेएजले गत वर्षबाट संयुक्त रूपमा सिम्पोजियमको आयोजना गर्दै आएका छन् ।

त्यो भन्दा पहिले यी संस्थाले छुट्टाछुट्टै रूपमा वार्षिक सिम्पोजियमको आयोजना गर्दथे । नेसाजले गरेको यो नवौं सिम्पोजियम हो भने, नेअज्ले गरेको दशौं । वर्षै पिच्छे अलग अलग ठाउँमा गरिने यी सिम्पोजियमहरू अहिले सम्म टोकियोका अतिरिक्त ओसाका, क्योटो, फुकुओका तथा मात्चुयामामा सम्पन्न भइसकेका छन् । यो सिम्पोजिमयको विस्तृत कार्यक्रम चाडै नै संस्थाको होमपेजमा टोकियोबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू यो सिम्पोजियममा सहभागी भई नेपाली बौद्धिक समुदायसँग अन्तरक्रिया गरी ज्ञान मूलक जानकारी पाउन सकिने कुरा नेसज्का उपाध्यक्ष राजु तिवारीले बताउनु भएको छ ।