जापान । नेपाल आदिबासी जनजाती महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशन केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष श्री गुरुंगको प्रमुख आतिथ्यमा भब्यताका साथ सम्पन्न भएको छ । आज फुकुओका स्थित हाकता सिमिन सेण्टरमा भएको क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशनबाट अध्यक्ष सन्तमान शाक्यको नेतृत्वमा नयाँ २०२३/०२५ कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । क्युस्यु क्षेत्रमा रहेका बिभिन्न जातीय संघसंस्थाहरुको नेतृत्व गर्दै आईरहेको नेपाल आदिबासी जनजाती महासंघ क्युस्युले एक अध्यक्ष, एक महिला उपाध्यक्ष सहित ३ जना उपाध्यक्ष, १ सचिब, २ सह–सचिब, १ कोषाध्यक्ष, १ सह–कोषाध्यक्ष र ६ प्रत्यक्ष सदस्य रहेको नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो ।
क्युस्यु क्षेत्रमा संगठनात्मक रुपमा राम्रो उपस्थिति तथा काम गर्दै आईरहेको अध्यक्ष रोशन कुमार राईको अध्यक्षता र नेपाल आदिबासी जनजाती महासंघ जापानका केन्द्रिय कार्यवाहक अध्यक्ष श्री गुरुंगको प्रमुख अतिथिमा चौथो अधिबेशन सम्पन्न गरेको हो । क्युस्यु क्षेत्रिय कार्यसमितिका सचिब सन्तमान शाक्यको सक्रियता र संचालनमा भएको क्युस्यु क्षेत्रको चौथो अधिबेशनमा नेपाल आदिबासी जनजाती महासंघका अग्रज ब्यक्तित्वहरु, क्युस्यु क्षेत्रका बिभिन्न संघसंस्थाका संयोजक तथा प्रतिनिधिहरुको उपस्थितिमा अध्यक्ष सन्तमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा निर्माण गरिएको निर्वाचन कमिटिका संयोजक रामकृष्ण श्रेष्ठ, सदस्यहरु भीम गुरुंग र आशीष योंजन सदस्य रहने गरि गठन गरिएको निर्वाचन कमिटिले आह्वान गरिएको उम्मेद्धारीमा क्षेत्रिय पदाधिकारीहरुको पदमा उम्मेद्धारी धेरै आएको र सबै जाती बर्गहरुको समान सहभागितालाई मध्यनजर गर्दै केहि पदहरु बिधान संशोधन मार्फत थप्ने गरि केन्द्रिय कार्यसमितिका कार्यवाहक अध्यक्ष श्री गुरुंग, क्युस्यु क्षेत्रिय कार्यसमिति र निर्वाचन कमिटि क्युस्यु बिचको छलफलबाट केन्द्रिय बिधान र क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा निर्माण गरिएकोनिर्वाचन कार्यबिधि २०२१ को अधिनमा रहि नयाँ कार्यसमिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष सन्तमान शाक्यले बताउनु भयो ।
नेफिन क्यूशुको चौथो अधिवेशनमा केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कान्छा लामालाई जापानको प्रतिष्ठित बिशवबिध्यालयमा भिजीतिंग प्रोफेसरको रूपमा नियुक्त हुनु भएकोमा बधाई सहितसम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
नेफिन क्युस्यु क्षेत्रिय कार्यसमितिको नयाँ कार्यसमितिको अध्यक्षमा सन्तमान शाक्य, उपाध्यक्षमा इन्द्र घले, रोजिनथापा मगर र महिला उपाध्यक्षमा नानीमाया तामाङ्ग, सचिबमा प्रदीप राई, सह–सचिबमा बिक्रम घिसिंग र युकेश राणा मगर, कोषाध्यक्षमा नयन कुमार तामांग, सह–कोषाध्यक्षमा सनम श्रेष्ठ, सदस्यहरुमा प्रेम राई, सूजन शाक्य, दिलीप कुमार हेरजान, सजना श्रेष्ठ, धीरेन तुलाधार, बसन्त श्रेष्ठ सहितको १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
श्रेष्ठ

