मङ्गलबार, माघ १५, २०८१

हामीले प्राप्त गरेको ज्ञान, शिप र पुँजीलाई समृद्ध नेपालको अभियानमा जोड्न आवश्यक

दावा शेर्पा, टोकियो । अहिले हामी नेपाली जनप्रगतिशिल मञ्च जापानको ९औ राष्ट्र्यि अधिवेशनको पुर्व सन्ध्यामा छौ। प्रवासी श्रमजीवि नेपालीहरुको साझा मञ्चको रुपमा क्रियशिल यस मञ्च मुलत प्रवासमा रहेको नेपालीहरुको न्याय,समानता,स्वतन्त्रता र हकहितको रक्षा गर्न नेपालीहरुको बिचमा सम्पर्क समन्वय गर्न जापानको नेपाली समुदयमा देखिएको समास्यहरुको समाधान र सहजीकरण गर्दै देश भक्त नेपालीहरुमा एकताको भावना जागृत गराइराख्नु हाम्रो मुख्य उदेस्य रहेको छ।
१० बर्षको महान जनयुद्द विभिन्न समयमा चलेको सशस्त्र आन्दोलन,आदिवाशी जनजाती एवम मधेशी,थारु लगायत सबै प्रकारका उत्पिडित बर्ग र जनसमुदयादुरा संन्चालित आन्दोलनहरुको परिमाणस्वरूप प्राप्त भएको संघिय लोकतान्त्रिक गणतंत्र,धर्म निरपेक्षता,समानुपातिक समावेशीकरण जस्ता संवैधानिक उपलब्धिहरुको रक्षा गर्दै उत्पीडित बर्ग र समुदायको बाँकी अधिकार प्राप्तिको लडाई निरन्तर जारी रहेको छ बिधामान समाजमा कायम रहेको बर्गहरुको अस्तित्व बर्गहरुबिचको अन्तरविरोध र बर्ग संघर्ष नै समाज विकास र परिवर्तनको मूल कडी हो।

हामी समाजवादी क्रान्ति मार्फत बैज्ञानिक समाजवाद र अन्ततः नेपाली मौलिकता सहितको २१ औ सताब्दीको समाजवाद हुदै विस्व साम्यावादको दिशामा अघि बढ्न संघर्षरत छौ सम्पूर्ण सर्बहारा श्रमजीवी बर्गको अधिनायकत्व स्थापित गर्दै समाज रुपान्तरणको बाटोमा दृढ अठोटको साथ अगाडी बढ्नु नै अहिलेको हाम्रो मुख्य कार्यभार हो। आजको भूमण्डलिकृत पुजिवाद,बिज्ञान र प्रविधिमा आएको क्रान्तिकारी परिवर्तन विस्वव्यवस्थामा देखा परेको नया राजनैतिक धृविकरण,साम्रज्यवादले सिर्जना गरेको नया भु-राजनैतिक जटिलता,पुजिवादि व्यवस्था भित्र बढ्दै गएको संकट,बदलिदै गरेको पारिवारिक र समाजिक संरचना आदिलाई अहिलेको समय सापेक्षतामा बुझन र सोहि अनुरुपको नया दृष्टिकोण विकाश गर्न आवस्यक छ।प्रिय कमरेडहरु विस्व विख्यात दार्सनिक महान विचारक एवम मार्क्सवादको प्रणेता मार्क्सले भन्नु भए जस्तै”विद्दवानहरुले दुनियालाई वुझ्ने र व्याख्य गर्ने काम गरिसके मुख्य कुरा त संसारलाई बद्ल्नु हो”भन्ने कालजायी भनाई लाई जिवन व्यवहारमा लागु गर्दै आजको दुनियामा माक्सवार्दको शान्दर्भिकता अझै बढेर गएको महशुस मानवजातिले गरिरहेको छ।
अत प्रवासिएका नेपालीहरुलाई नेपाल र नेपालीप्रति उत्तरदायि बनाउदै कर्मभूमिमा हामीले प्राप्त गरेको ज्ञान,शिप र पुजीलाई समृद्द नेपालको अभियानमा जोड्ने सेतुको काम समेत यस सस्थाले गर्दै आइरहेको छ। नेपाली जनप्रगतिशील मंच जापानको स्थापनाकाल देखी नै यस अभियानमा जोडिएर यस सस्थाको श्रीवृद्धि गर्न विभिन्न भूमिका निर्वाह गर्नु हुने समस्थ आदरणीय नेताहरु प्रति सम्मान सहित श्रद्धभाव व्यक्त गर्न चाहान्छु।

हामीले जिवनमा प्राप्त गर्ने पद प्रतिष्ठा सबै अस्थाई र गौण विषय हो मुख्य विषय त विचार,राजनिति र सिद्दान्त हो। त्यसैले राजनितिको लामो राजमार्गमा नैतिकत, इमान्दारिता,अनुशासन र घैर्यता नै तपाई हामीलाई सुदुर भविष्य सम्म लैजान सक्ने एउटा अस्त्र हो भन्ने मेरो बुझाइ छ।
लेखक : नेपाली जनप्रगतिशिल मञ्च जापानका उपमहासचिव हुन ।