सोमबार, बैशाख ०७, २०८३

राजदूतावासमा नेपाली समाज जापानको ५ बुंदे ध्यानाकर्षण पत्र

जापान । जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रवास समिति नेपाली समाज,जापान ले नेपाली राजदूतावास टोकियो जापानमा अवैध हुण्डी कारोवार ,राहदानी नवीकरणमा देखिएको जटिलता लगायत ५ बुंदे ध्यानाकर्षण पत्र समाधानको सुझाव सहित बुझाएको छ।

राहदानी नवीकरण जटिलता, राजदूतावास कार्यालयको टेलिफोन सेवा कठिनाइ,कानुनी रुपमा अवैध हुण्डी कारोवारलाइ रोक्ने,
नेपाली राहदानी परित्याग गरि जापानिज राहदानी परिवर्तन गर्ने संख्या न्यूनीकरण गराउने र आत्मा हत्याको रोकथाम र त्यसको उपाय सम्बन्धमा नेपाली समाज जापान को तर्फबाट नेपाली राजदूतावासको ध्यानाकर्षण गराएको अध्यक्ष शिशिर निङ्लेकु लिम्बु थक्साङले जानकारी दिए।

पछिल्लो समय नेपाली राजदूतावास टोकियो बारे जनताको गुनासो धेरै आएको हुँदा राजदूतावास लाइ ध्यानाकर्षण गर्न परेको ईन्चार्ज संजिव राइले बताए। त्यसैगरी नेपाली समाज जापानको सल्लाहकार तथा जसपा को कास्की जिल्ला को पुर्व अध्यक्ष समेत रहनु भएका गिरि प्रसाद गुरुङले जापानमा नेपाली संख्या बढे संगै विभिन्न खाले समस्याहरु र चुनौतीहरु पनि देखिन थालेको हुँदा त्यस विषयहरु कसरि साधान गर्न सकिन्छ भन्ने बारे महामहिम संग सर सल्लाह गर्न र नेपाली समाज जापानको राय सुझावहरु सहित ध्यानाकर्षण गराएको वताए।

ध्यानाकर्षणको साथै नेपाली समाज जापानले प्रस्तुत समस्याहरुको समाधान समेत राजदूतावास टोकियो लाइ सुझावको रुपमा पेश गरेको छ।
राहदानी नवीकरणको सेवा आम सर्वसाधरण जनताले सहज रुपमा ईन्टरनेटबाट बुक गर्न पाउनु पर्ने व्यबस्था मिलाइनु पर्ने, राजदूतावास र सेवा ग्राहीहरुको बिचमा देखिएका राहदानी नवीकरण गर्न लाइ समय लिई दिने विभिन्न संघ संस्था बिचौलियाहरु लाइ खारेज गर्नु पर्ने, राजदूतावास को टेलिफोन कार्यालय समयअवधिमा सहज उपलब्ध हुनु पर्ने अथवा सेवाग्राहीको टेलिफोन उठाई दिनु पर्ने, कानुनत अवैध हुण्डी कारोवार लाई रोक्नु पर्ने, नेपाल प्रतिको माया र रास्त्रियता जोगाइ नेपाली नागरिता परित्याग संख्या न्यूनीकरण गर्नु पर्ने र जापानमा बढ्दो आत्माहत्यालाई रोकथाम गराउन आम मानिस विशेष गरि विधार्थी भाई बहिनिहरुलाई अभिभावकत्व प्रदान गर्नु पर्ने सुझावहरु पेस गरेको छ।