शनिबार, बैशाख १५, २०८१

टोकियोमा २९औं ल्होसार सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न

टोकियो । तमु ल्होसारको अवसरमा तमु धीं जापानको २९औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न भएको छ ।
बिहिबार जापानको राजधानी टोकियो स्थित उएनो पार्कको खुल्ला हलमा नेपालबाट आमन्त्रित कलाकारहरू र स्थानीय कलाकारहरूको बेजोडको प्रस्तुती बिच ल्होसार कार्यक्रम सम्पन्न भएको हो ।

स्थापना कालदेखि हरेक वर्ष ल्होसार साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको तमु धीं जापानले २९औं टोकियोका बिबिध साँगीतिक कार्यक्रम सहित मनाएको नवनिर्वाचित महासचिव बिनय गुरुङले जानकारी दिए।
कार्यक्रममा स्थानीय कलाकारहरुले नेपाली तथा गुरुङ समुदायको सँस्कृति झल्कने खालका विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरी मनोरंजन दिलाएका थिए । यसैबिच बाल कलाकारहरूको स्वागत नृत्य हेर्न लायक थिए । कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका सबिना गुरुङले आधा दर्जन जति आफ्ना चर्चित गित गाएर टोकियो जाडोको माहोल तताएका थिए । यसैगरी बरिष्ठ तमु हाँस्य कलाकरले बलबहादुर गुरूङले पनी आफ्नो दमदार प्रस्तुती दिइ मनोरंजन दिलाएका थिए ।
औपचारिक कार्यक्रम प्रमुख अतिथि एनआरएनए आईसीसी उपाध्यक्ष रबिन शेरचन, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापानका का.बा अध्यक्ष श्री गुरूङ, अग्रज ओम गुरूङ, एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली, मोना अध्यक्ष ददिवल खड्का लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, लगायतका बिशेष अतिथिहरुले रिबन काटेर सामुहिक रुपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।
समुदघाटन मन्तब्य कार्यक्रममा तमु धीं जापानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिला गुरुङ्ले राख्नु भएको थियो । संस्थाका कार्यबहाक अध्यक्ष अरमान गुरुङ्को सभापतित्वमा महासचिव खेम तमुले सञ्चालन गरेको औपचारिक कार्यक्रम समाप्त पछि ल्होसार साँगीतिक साँझ कार्यक्रमको सञ्चालन युक्तामन गुरुङले सञ्चालन गरेका थिए ।
ल्होसार कार्यक्रमको अवसर पारेर हिमाली गुरुङको नेतृत्वमा तमु धीं जापानको नयाँ कार्य समिति समेत घोषणा गरेको छ ।