सोमबार, बैशाख ०७, २०८३

बिहुँकोट समाज जापानको अध्यक्षमा दीपक कँडेल निर्वाचित

टोकियो । बिहुँकोट समाज जापानको आइतबार सम्पन्न १७ औँ साधारण सभा तथा ९ औँ अधिवेशनले दिपक कडेलको अध्यक्षतामा आगामी कार्यकालको लागि ३३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको ।

जापानका लागि नेपाली राजदूत डादुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिबलाल कडेल, रामु कडेल,फणिन्द्र शर्मा सुवेदी, बिष्णु प्रसाद कडेल, टिकाराम कडेल, वेद प्रसाद कडेल र प्रेम प्रसाद कडेललाई निर्वाचित गरेको निर्वाचन समितिका संयोजक तथा संरक्षक दिपक सुवेदीले जानकारी दिए ।

निर्वाचन समितिका संयोजक तथा संरक्षक सुवेदीका अनुसार सर्वसहमतीय रुपमा निर्वाचित भएको समाजको महासचिवमा घनश्याम कडेल, सचिवमा शिव प्रसाद सुवेदी र अर्जुन कडेल (पुष्प),कोषाध्यक्षमा नारायण प्रसाद कडेल, सह-कोषाध्यक्ष हेमनाथ कडेल (राजहरी) र टिकाराम कडेल (रामु), प्रवक्तामा खिमानन्द कडेल रहेका छन् ।

समाजका अध्यक्ष घनश्याम कंडेलको सभापतित्व सचिव फणिन्द्र शर्मा सुबेदीको सन्चालन वरिष्ठ उपाध्यक्ष दिपक कंडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको अधिवेशनले कार्यसमिति सदस्यहरुमा हिमाल शर्मा, होमनाथ कडेल (हरी), गोविंद बहादुर क्षेत्री कडेल, मित्रलाल कडेल,हरि प्रसाद सापकोटा, दुर्गादत्त कडेल (धुर्व),मित्रलाल कडेल, शम्भु कंडेल ,राधिका शर्मा, मुना कडेल, सरिता कडेल, शिव न्युरे, जमुना कडेल, गोकुल न्युरे र दिपीका कंडेल रिजाललाई चयन गरेको छ।
कार्यक्रममा बिहुँकोट समाज जापानका पुर्व अध्यक्ष पण्डीत देविलाल सुवेदीले समाज स्थापना देखिको हालसम्मको गरेका सामाजिक गतिविधिका बारेमा प्रकाश पारेका थिए भने बिहुँकोट समाज जापान कान्साई समितिका अध्यक्ष बल बहादुर कडेल क्षेत्री, अनेसास जापानका अध्यक्ष अरूण पौडेल, अमर आधारभुत बिद्यालयका प्रधानाध्यापक जगन्नाथ कंडेल, वरिष्ठ अधिवक्ता निरन्जन राजभण्डारी, एनआरएनए आईसीसी उपाध्यक्ष रोबिन प्रसाद शेरचन लगायतले मन्तव्य मार्फत समाजले सामाजिक सेवाका क्षेत्रमा पुर्याईरहेको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा समाजलाई स्थापनादेखि अहिलेसम्म सरंक्षकत्व प्रदान गरेका सरंक्षक दिपक सुबेदी र सह- सरंक्षक डिपी कंडेल ( डण्डपाणी )लाई सम्मान गरिएको थियो । त्यस्तैगरि नेपालबाट जापान भ्रमणमा आएका अतिथि अभिभावकलाई पनि मायाको चियो प्रदान गरिएको थियो ।