– कपिल देबकोटा
हरेक धर्म वा त्यसका धर्मगुरुहरु र उनले दिएका शिक्षा र सन्देशको वरिपरि घुमीरहेको हुन्छ । जुन धर्म भएतापनि यसको मुख्य उदेश्य व्यक्तिलाई अनुशासित, कर्तव्यनिष्ठ बनाउने तथा असहाय, गरिबलाई सहयोग गरेमा मृत्यु पर्यान्त स्वर्गमा पुगिन्छ भन्ने विश्वास राख्नु हो । संसारिक कर्म, आफन्तहरुसँगको सम्बन्ध, मलुकको राजनीतिक, सामाजिक झन्झटको अलवा जब व्यक्ति कनै धार्मिक स्थलमा गएर आफ्नो धर्मगुरुलाई स्मरण गर्छ अनि मनमा आनन्द भएको महसुस गर्दछ । जसरी हिन्दुहरु कनै शिव मन्दिरमा गएर शिवको, अनि मुस्लिमहरु मस्तिजमा गएर अल्लाहको, बुद्दिस्टहरु गुम्बामा गएर बुद्दको नाम लिएर आनन्द मान्छन् त्यसरी नै विश्वभरका इसाईहरु चर्च (जसलाई ईसाइहरु प्रार्थनाको घर वा मण्डली भन्दछन् ) मा गई ख्रीष्टमा आनन्द महसुस गर्छन् ।
वास्तवमा, सवै धर्महरु एउटै जस्तो लागेता पनि इसाइ धर्मग्रन्थ बाइबलको अनुशार संसारमा पाप बढेपछि (उत्पति ६ः५–७) ख्रीष्ट यशुलाई संसारमा जन्म दिने बारेमा भविष्यबाणी गरेको छ ( यहुन्ना ३ः१६)। परमेश्वरको योजना र विचारहरु जस्ताको तस्तै बोलेका अगमवक्ताहरुले समय समयमा मानव जगतमा पापबाट अलग हुनको लागि कडा चेतावनी दिएको पाईन्छ । जति चेतावनी दिएता पनि सुध्रने अवस्था नभएपछि यशैया अगमवक्ताले एउटा कन्याबाट पवित्र आत्मामार्फत् एक बालकको जन्म हुने जसको नाम ईमानुयल (परमेश्वर हामीसँग हुन्छ ) राखिने भविष्यवाणी गरेका थिए । सोही अगमवाणी अनुसार नयाँ करारको मत्तीको पुस्तक १ः२३ मा उल्लेख भएमुताविक ईस्राएलको वेथलेहेम भन्ने गाउँमा चिसो रातमा गोठालाहरु आगो तापेर बसेको अवस्थामा गाईको डँुडमा योसेफसँग भर्खरै मगनी भएको कन्या मरियमबाट येशुको जन्म भएको थियो । यसै जन्मलाई संसारका तमाम ईसाईहरु मुक्तिदाता ख्रीष्ट येशको जन्म भएको मान्छन् र यही जन्मलाई आधार मानेर डिसेम्वर महिनाको २५ तारिकका दिनमा ख्रीष्टमस मनाउँछन् । ख्रीष्टमस भन्ने शब्द ग्रीक भाषाको दुई वटा शब्दहरु ख्रीष्टोस र मासको संयोजनबाट लिइएको हो जसको अर्थ क्रमशः ख्रीष्ट र मानिसहरुको जमात वा भेला हुन्छन ्। संसारमा येशु ख्रीष्टको आगमन भएपश्चात् उहाँले मानव समाजमा अलौकिक कार्यहरु (जस्तो चंगाई, छुटकारा, मृतकलाई पर्नजीवन आदि) गर्नुको साथसाथै मानव समाजमा उनको तत्कालीन कार्यले सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा कानुनीरुपमा पारेको प्रभावको कारण अहिलेसम्म समाजिक रुपान्तरणको रुपमा आजको समाजले स्विकारिरहेको छ । बाइबलमा उल्लेख गरीए बमोजिम उहाँले समाजमा छुवाछत विरुद्ध ( यहुन्ना ४ः७ – ९) , राजनीतिक रुपमा कर व्यवस्था ( मत्ती २२ः १५–२२ ) , धार्मिकरुपमा मन्दिरलाई व्यापारको थलो बनाउँन नहुने (यहुन्ना २ः १२–१७ ) आर्थिकरुपमा कर्म गरेर मात्र खानु पर्छ तथा कानुनी रुपमा व्यवहारिक नीति नियमहरु स्थापना (प्रस्थान २०ः१२ १७) जस्ता सामाजिक संरचनाका सवल पक्षहरु प्रारम्भ गर्नभयो ।
इसाइहरु छैटौ दिनमा परमेश्वरले माटोबाट आफ्रनै स्वरुपमा बनाएर त्यसको नाकबाट सास हालीदिए पछी मानब जातीको उत्पती भएको बिश्वास गर्दछन् (उत्पती १ः२६–२७ ) , यसरी उत्पती भएको मानव जातीको पुस्तामा परमेश्वर प्रती बिश्वासीलो एक पात्र अब्राहम देखा परेका छन् । यी नै अब्राहाम हालको इसाइ र स्लामीक धार्मिक सम्प्रदायको पिता हुन् । बुढेस कालसम्म पनि अब्राहमको श्रीमती साराइबाट सन्तान नभए पछी आफ्नो घरको नोकर्नी हागरसँगको शारीरीक समन्ध पछी स्माइलको जन्म भएको छ, स्माइलको जन्महुनु अगावै साराइले हागारले उनलाइ नराम्रो ब्यबहार गरेकोले घरबाट निस्कनु परेको छ (उत्पती १६ः६) भने त्यसको केही समय पछी आफ्नै श्रीमती साराइबाट इसाहकको जन्म भएको छ । स्मरण रहोस, यी नै स्माइलतीरका सन्तान हालको स्लामिकहरु हुन भने इसहाकतीरका इसाइहरु हुन् ।
नेपालमा इसाइहरु कहिले र कसरी भित्रीए ?
काठमाण्डौंमा ईसाईहरु एक निश्चित सामाजिक र धार्मिक मिसन लिएर सन् १७१५ मा आएको तथ्य छ । यो समयभन्दा अगाडी नेपाल एकिकरणको अभियान ( सन् १७६८ देखी ) शुरु भै सकेकोले तत्कालिन नेपाल सरकारले यो मिसनलाई देशबाट निष्काशन गर्यो परिणामस्वरुप २०० वर्षसम्म ईसाईहरुले कानुनी रुपमा नेपाल प्रवेश पाएनन् । दार्जिलिङमा हुर्केका स्कटल्याण्डको ईसाई मिसनरीबाट संचालन गरिएको ख्रीष्टीयन स्कुलमा अध्ययन गरेको भएता पनि नेवार समुदायमा सन् १८५१ जुलाइ ४ मा जन्मिएका गंगा प्रसाद प्रधान (किरण कुमार दास , द ग्रोथ अफ ख्रिष्टियन इन नेपाल) लाई नेपालको प्रथम ईसाई धर्मगुरु मानिन्छ । ४० वर्षसम्म नेपाली भाषीविच ईन्डियामा धर्मगुरुको रुपमा कार्य गरेपछि अंग्रेजी बाईबललाई नेपाली भाषामा अनुवाद गरेका थिए । सन् १९१४ मा उनी काठमाण्डौंमा आफ्नो परिवार सहित प्रवेश गरेका थिए । लगतै उनी ईसाई धर्म प्रचार र मण्डली निर्माण गर्न आएको हुन सक्ने आशंका गरि सरकारी अधिकारीहरुले तरुन्तै नेपाल छोड्न निर्देशन दिएका थिए र उनले सन् १९१४ मा नै नेपाल छोडेका थिए ।
सन् १९९० मा नेपालमा प्रजातन्त्र आएपछि राजा त्रिभुवनले नेपालमा आर्थिक, सामाजिक, शैक्षिक, भौतिक, राजनितिक र धार्मिक विकास गर्नको लागि विश्व समदायलाई सम्पुर्ण सिमा खुल्ला गरेसंगै धेरै संघ, संस्थाहरु नेपाल प्रवेश गरे । ती मध्ये ईसाई मिसनरीहरुले नेपालमा विकास र नेपाली जनताको समृद्धिको चाहाना गर्दै नेपाल प्रवेश गरेका थिए । ती मध्ये ईसाई मिसनकोरुपमा युनाईटेड मिसन टु नेपाल सन् १९५४ मा पहिलो पल्ट नेपालमा भित्रिएको थियो । गरिब निमुखाको स्वास्थ्य उपचार गर्ने, शिक्षा र भौतिक विकास गर्ने यसको मुख्य उद्देश्य थियो । तत्कालिन समयमा यस संस्थाले २००० नेपालीहरुलाई रोजगार प्रदान गरेको थियो । त्यस्तै सन् १९५१ पछी नेपाल ईभान्जेलिष्ट व्याण्ड ( एन. ई. वि.) लाई डाक्टर लिलिया ओ होनियन र उनको सहकर्मी पोखरामा मेडिकल मिसन लिएर आएका थिए । यो मिसन उत्तर ईण्डियाबाट प्रवेश गरेको थियो र यसले तत्काल पोखरामा द साइनिङ आस्पताल संचालनमा ल्याई उच्च स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको थियो । सन् १९५७ मा इसा इमिसनले नै कुष्ठ रोगीहरुको लागि ग्रीन पष्टर्स अस्पताल स्थापना गरे । पछी एन. ई. वि. को नाम परिवर्तन गरि ईन्टरनेश्नल नेपाल फेलोसिप बनाइयो र यसले स्वास्थ्यसंगै समाजिक न्यायको लागि काम गर्न थाल्यो । तत्कालीन समयमा यस संस्थाले ४०० नेपालीहरुलाई रोजगार दिइएको तथ्य भेटिएको छ (थेउलीकल प्रतीबेदन गोर्डोन कनवाइल , २०२२ )
नेपालमा सन् १९५२ मा ईण्डियाबाट आएका डेभिड मक्खाइय र उनको श्रीमती प्रेमीले स्थपना गरेका पोखराको रामघाट मण्डली नै नेपालको पहिलो मण्डली भएको दावी गरिएको छ । सन् १९५४ मा ईण्डियामा बस्दै आएका तिर्थ वहादर डेवान र उनको श्रीमती रत्नले उपत्यकाको भक्तपुरमा पहिलो मण्डली स्थापना गरे । त्यस्तै नेपाल ईसाई मण्डलीको नामले सन् १९५७ मा रोवर्ट कार्थक र उनको समुहले काठमाण्डौंमा ठुलो मण्डली शुरु गरे तर त्यसमा कानुनी झमेला आइलाग्यो ( विपपिाडीया– खिष्ट्यानिटी इन नेपाल ) । यद्दपी मण्डलीको सेवा निरन्तर चलिरह्यो , हालसम्म विविध कानुनी झमेलाको वावुजद नेपालमा ईसाईहरुको संख्या असोचनीय रुपमा बृद्धि हदै गएको अनुसन्धानकर्ता नोमा केह्र््वेकले उल्लेख गरेका छन् । उनको अनुसार नेपालमा वप्तीस्मा लिएको ईसाईको संख्यात्मक बृद्धि यस प्रकार छ ः सन् १९६६ मा १०० जना, सन् १९७३ मा ५०० जना, सन् १९७७ मा १४०० जना, सन् १९८०मा ७००० जना, सन् १९८२ मा १०००० जना, सन् १९८५ मा २५००० जना, सन् १९९०मा ५०००० जना, सन् १९९२ मा ७५००० जना, सन् १९९८ मा ३००००० जना, सन् १९९९मा ४००००० जना र सन् १९१० मा १०००००० जना ।
गोर्डन कोनवाइल सेमीनरीले सन् २०१३ मा नेपालमा मण्डलीहरु प्रति वर्ष १०.९ प्रतिशतका दरले सन् १९७० देखि बृद्धि भइरहेको रिपोट सार्वजनिक गरेका थिए ।
नेपालीहरु किन इसाइ धर्मप्रती आकर्षशित हदैछन् ?
नेपालमा हाल क्याथलिक, प्रोस्टटीयन्स तथा पेन्तिकोस्टल मिसन अन्तरगत चर्चहरु सँञ्चालनमा रहेका छन् । चर्चमा गएर प्रार्थना गरेमा रोगहरु निको हुन्छ भन्ने विश्वासले चर्च जाने गरेको गा. कनवाइल २०२३, को अनुसन्धानले पत्ता लाएको छ । चर्च गएर निको भएका मध्ये ७५% ले चर्च जान निरन्तरता दिने र अन्त्यमा आफ्नो परम्परा देखीको धर्म रुपान्तरण गरेर इसाइ बन्ने गरेको पाइन्छ । यसरी निको भएकालाइ धार्मिक रुपमा स्थापित गर्न, मण्डली निरन्तर आउन र आत्मानिर्भर वनाउन मण्डलीले प्रार्थना सहित विविध सहयोग गर्दछ जसले गर्दा ती ब्यक्ति नीरन्तर मण्डली जान्छन र केहि समयमा पक्काको इसाइ भएर समाजमा स्थापित हुन्छ । अन्धकारको शक्तिमाथी परमेश्वरको विजयीको रुपमा इसाइहरु च्ांगाइलाइ लिन्छन् ।
नेपालमा जात , लिंग र उमेर नै अन्य धर्मवाट इसाइमा परिवर्तन हुनुको प्रमुख हो । विषेश गरीकन इसाइ समुदायमा जुुन जात, लिंग र उमेर भएता पनि सवै ब्यक्ति ख्र्र्रिष्ट यशुमा एउटै हुन भन्ने मान्यता छ जसले गर्दा वषौदेखी जातीय , लैङगीक र अन्य कारणले सामाजिक विवेदमा रहेर बसेका नेपाली जनता सजिलै इसाइ बनेको पाइन्छ । इसाइहरुले कुनै बिवेद विना सवै समुदायमा सदस्यहरुलाइ समान अवसर दिन्छन् । अँझ कुनै सिप नभएकालाइ उपयुक्त सिप सिकाउनु , अनौपचारिक शिक्षा प्रधान गर्नु र योग्य बनाएर आवश्यक अवसर प्रधान गर्नु जस्ता क्रियाकलापले यीनीहरु प्रती अशिक्षत, अयोग्य र बेरोजकारको भुमरीमा परेका नेपाली नागरिक सिप, योग्यता र अवसरको आशामा इसाइ बनेको पाइन्छ । स्थानिय इसाइहरु प्राय आफ्नो कार्य क्षेत्रमा प्रार्थना गर्न सक्ने इसाइ विश्वासी नै भएको मन पराउछन् र त्यसै अनुसार उनीहरुलाइ अवसर दिन्छन् ।
नेपालमा इसाइ धर्म समन्धि कानुनी ब्यवस्था
नेपालमा सन् १९६८ देखी १९९० सम्म कुनै ब्यक्तिलाइ इसाइ वा इस्लामिक बनाउन कानुनले निषेध गरेको थियो । सन् १९५१ को क्रान्ति पछी यो कानुन यथावतै रहयो र सन् १९६३ मा यो कानुनलाइ पुन यसरी बयान गरियो ः कुनै ब्यक्तिलाइ इसाइ बनाउन प्रयास गर्नेलाइ तीन बर्ष र इसाइ बनाउन सफल हुनेलाइ ६ बर्ष जेल सजाय हुनेछ । यसको अलवा धर्म प्रचारको प्रकृती हेरेर धर्म प्रचार गर्नेलाइरु.१०० र बप्तिस्मा दिनेलाइ १ बर्ष कैद सजाय थियो भने जो धर्मान्तरित हुन्छ , उसको धर्म रद्ध हुने र हिन्दु धर्म नै यथावत रहने ब्यवस्था रहेको थियो ।
सन् १९९० मा जारी संविधानले धर्म परिवर्तनलाइ अपराधरहित वनायो तर धर्म परिवतर्नमा भने प्रतिवन्ध लगाइ रहयो ( जी.कनवाइल , २०२२) । नेपालको गणतान्त्रिक आन्दोलन सन् २००६ को परिमाण स्वरुप वनेको आन्तरिक संविधान २००७ ले पनि सन् १९९० को कानुनलाइ परिवर्तन गर्न सकेन तर सन् २०१५ को संविधानमा नेपाल धर्म निरपेक्ष मुलुक भएको घोषण गर्दै धारा २६ मा सम्पुर्ण नेपाली जनतामा धार्मिक स्वतन्त्रताको हक सुरक्षित रहेको उल्लेख त गर्यो तर प्रचिन कालदेखी चली आएको धर्म, सांस्कृती र परम्परा देखी चली आएको सनातन धर्म संरक्षण गर्ने तथा ब्यक्तिको ब्यक्तिगत धर्ममा खलल गर्न नमिल्ने तथा धर्म परिवर्तन गर्न नमिल्ने कानुन जारी गर्यो (नेपालको संविधान ः २०७२ धारा २६) । हाल नेपालमा यहि कानुन चलीरहेको छ ।
बिश्व समुदायका इसाइधर्मबिदहरु नेपालमा ख्रिष्टियनहरुको संख्या प्रतीबर्ष छिटो तथा असाधरण तरीकाले बृद्दी भएको दावी गररिहदा( नेपाल ः ख्रिष्टियनको सँख्या बृद्दी २० जुलाइ २०२३, नेश्नल रिलिजन ) यहाँको कुनै कुनै समुदाय पुरै इसाइ धर्मास्लबी भएको पाइएको छ ।