बुधबार, साउन ०९, २०८१

नेपाल जापान सम्बन्धको शुभारम्भ

#हवल चन्द्र लामा
-नेपालको भ्रमण गर्ने पहिलो जापानी नागरिक इकाई खावागुची सन् १८६६ फेब्रुअरी २६ तारिखमा जापानको ओसाका सहरमा जन्मिनुभएका हुन ।
उनी पहिलो पटक सन् १८९९ मा नेपाल आउँदा भारत हुँदै तराईबाट काठमाडौँ र त्यसपछि पोखरा हुँदै जोमसोम स्थित मार्फा गएर तीन महिना बसेका थिए। भारत पस्ने बेलासम्म यिनलाई हिन्दी र तिब्बतीय भाषाको ज्ञान थिएन । तै पनि पहिलो पटक गाइड नक्सा बिना भारत प्रवेश गरेका थिए ।

सन १८९९मा पहिलो पटक छिरेका उनी सन १९०३, १९०५ र १९१३ गरी चार पटक नेपाल प्रवेश गरेका हुन । बौद्ध धर्मको सूत्र अपूर्ण सम्झँदै मूल ग्रन्थको खोजीमा भारत हुँदै नेपाल र तिब्बत छिरेर तिब्बतीय भाषा पढ्न सुरु गरेका थिए ।त्यसताका तिब्बतमा पनि प्रवेश कडा भएकोले सुरुमा ल्हासामा अभ्यास गरेर चिनिया भिक्षु हु भन्दै ढाँट्दै तिब्बत प्रवेश गरेको कुरा लेखहरूमा पाइन्छ।

सुरुमा बौद्ध ग्रन्थको खोजीमा हिडेपनि उनमा बौद्ध ज्ञानको अभाव थियो । ३ महिना नेपालमा बसेर तिब्बती भाषा र बौद्ध सूत्रमा पोख्त बनी मार्च १२मा तिब्बत गए त्यसताका उनले कठिन डाँडाकाँडा अनि भन्ज्याङहरू पार गर्दै पश्चिम डोल्पा र शेर गुम्बा को बाटो प्रयोग गरेका हुन।उनी प्रकृतीपेमी पनि थिए।तिब्बतमा उनी ३ वर्ष बिताइ बौद्दशुत्रको पुर्णज्ञान लिएर जापान फर्केका थिए भन्ने कुरा शिला लेख तथा पुस्तकहरूमा उल्लेख गरिएको छ ।

मार्फामा बस्दा उनी सुवर्ण लालचनको घरमा बसेका थिए । ‍साँघुरो गल्ली र त्य‍बेलाको हिमाली सांस्कृतिक र पुरानो शैलीमा बनेको त्यो घर अहिले पनि संग्रहलायको रूपमा खावागुची होम भनेर रहेको छ । उनले त्यसताका प्रयोग गरेका सरसामान कपडाहरू अझै पनि मार्फा जाने पर्यटकहरूले अवलोकन गर्ने गरेको पाइन्छ ।

चौथो पटक उनी नेपाल आउँदा टोकियो विश्व विद्यालयका प्राध्यापक जुनुहिरो ताकासुका सहितको टोली नेपाल आएका हुन ।त्य‍सबेला जापानमा प्रकाशित बौद्दग्रन्थहरु लिएर नेपाललाइ उपहार ल्याएका थिए । साथै तत्कालीन राणा प्रधानमन्त्रीलाई नेपालको विकासको लागि आफ्नो। अनुभव समेटी लिखित सुझाव पनि पेस गरेका थिए । पुर्वीय सभ्यता र प्राकृतिक पारखी उनी बौद्ध धर्मको प्रखर अध्येता तथा बौद्ध आध्यात्मिक ज्ञानका ज्ञाता हुनुहुन्थ्यो । उनी सुरुमा टोकियो स्थित गोह्य वा कान गुम्बामा रेक्टर हुनुहुन्थ्यो ।

उनी प्रकृतिप्रेमी भएको हुनाले चराको सुसेली ,खोलाको आवाज, हिमालको उज्यालो‍संग रम्दै कविताहरू पनि लेख्ने गर्नुहुन्थ्यो । नेपाल रहँदा उनले बढा गुरुहरूसँग आध्यात्मिक र बौद्ध ज्ञानसम्बन्धी संवाद गर्नुहुन्थ्यो । इकाइ खावागुचीको सोध ग्रन्थका लेखक प्रा.अभि सुवेदीले यिनलाई एक पुजारी धर्मात्मा मानवता र प्रकृति प्रेमी बौद्ध ग्रन्थका अन्वेषकका रूपमा चित्रण गरेको पाइन्छ । उनको भाइतिरका नाति मिजुतानी मासाओ २०१८मा नेपाल आएका थिए ।

दोस्रो पटक १९०३मा नेपाल आउँदा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरलाई भेटेर उहाँलाइ सहयोग गर्नेहरूलाई तिब्बत सरकारले थुनेको र यातना दिएकोमा तिनीहरूलाई छुटाउन कूटनीतिक सहयोग गर्न अनुरोध गरेका थिए ।

नेपाल र जापान जनस्तरको सम्बन्ध सन १९०३मा ८ जना नेपाली विद्यार्थी नेपाल सरकारको पहलमा उच्च शिक्षा हासिल गर्न आएबाट सुरु भएको हो । त्यसपछि दोस्रो सन १९३३मा जापान पुग्ने पहिलो अन्तर्राष्ट्रिय व्यक्ति राजा जय पृथ्वी बहादुर सिंह हुन । १८७७अगस्ट २३ तारिखका दिन बझाङमा जन्मनुभएका उनी श्री ३ महाराजाधिराज चन्द्र शमशेरमा छोरी ज्वाइँ समेत हुन।उनले कलकत्ताबाट स्नातक गरे पछि गोरखापत्रमा प्रधान सम्पादक भएर पनि काम गर्नुभएको थियो ।

नेपालको मुस्ताङ जिल्लाको टुकुचे गाउँ र जापानको टोगा शहरवीच सन १९८९मा पहिलो पटक मितेरी ‍साइनो गाँसेर सुरुवात भएको थियो । टोगाको थंका कलाकार शशि ध्वज तुलाचन जापान मण्डलाको बौद्दचित्र ग्यालरी स्थापना गरेका थिए । सन १९८८मा शिन्स्यु बिश्वबिध्यालयका प्रा .डाक्टर उजिहाराले मितेरी साइनो लाउन पहल गरेका थिए । त्यसपछि नेपालको विभिन्न शहर काठमान्डौ , पोखरा हुँदै भर्खर मात्र चितवनको भरतपुर महानगर र कानागावाको योकोशुका शहरवीच भगिनी सम्बन्ध कायम भएको छ।

नेपाल जापानवीच कूटनीतिक सम्बन्ध सन १९५६ सेप्टेम्बर ९ मा भएको हो । त्यस बेलाका पहिलो राजदूतको रूपमा महामहिम दमन शमशेर राणा तथा महामहिम सेइजिरो योसिजावा दुई देशका आआफ्नो राजदूत बने र सन १९६५मा टोकियोमा आवसिय दूतावासको स्थापना भएपछि र १९६८मा काठमान्डौमा दूतावास स्थापना गरी हिदेमिची किरा राजदूतको रूपमा नियुक्ति भएका थिए । त्यस अगाडि दुवै देशले दिल्ली स्थित दूतावासबाट नेपाल र जापानको काम गर्ने गर्दथे ।

सन १९०२मा ८ जना नेपाली युवाहरू नेपाली युवाहरूलाई नेपाल सरकारले अध्ययन गर्न पठाएकाहरूको उमेर १८ देखि २७ बर्षसम्मकाथिए । उनीहरूको साथमा १७ जना सेवकहरुपनि आएका थिए । करिब डेढ महिना लगाएर उनीहरू पानी जहाजबाट जापानको योकोहामा शहर उत्रिएका थिए । तत्कालीन राणा शासकले विश्वका अन्य मुलुक अध्ययन गर्न पठाएको यो पहिलो पटक थियो ।जापान नै रोज्नुको कारण दुई देशवीच त्यस बेला विद्यामान सांस्कृतिक र राजनैतिक समानता रहेको भन्ने पनि बुझिन्छ । साथै नेपाल बुद्ध जन्मेको मुलुक अनि बौद्ध धर्म लगायतको सम्बन्धको यी दुई देश वीच एक आपसमा नजिक भएको भन्ने पनि भनाइ छ ।

ती ८ जना नेपाली युवाहरू ३ वर्षीय अध्ययन पुरा गरी सन १९०५मा नेपाल फर्के र फर्कँदा निल लहर हलुवाबेद , कटुस र गोदावरी फुलका बीउ ल्याएर पहिलो पटक रोपेका थिए । अझै पनि ती वनस्पति तथा फुलहरू नेपालमा पाइन्छ ।बौद्ध भिक्षुको नेपाल भ्रमण शतवार्षिकको रूपमा नेपाल सरकारले सन २००२ सालमा इकाइ खावागुचीको तस्बिर अङ्कित हुलाक टिकट पनि प्रकाशन गरेको थियो ।जसले उनको सम्मान मात्र होइन नेपाल जापानवीच गहिरो सद्भाव अनि सम्बन्ध स्थापित भएको प्रतिबिम्वित गर्दछ ।

२०११ मे १७ तारिखमा बुद्ध पूर्णिमाका दिन बिश्वयुद्दमा ध्वस्त भएका जापानका दुई शहर नागासाकी शहरका मेयर ताकिहिसा ताउए र हिरोसिमाका निवर्तमान मेयर तादातोशी आखिवालाई संयुक्त रूपमा नेपालका राष्ट्रपतिको हातबाट गौतम बुद्ध विश्व शान्ति पुरस्कार र पदकसहित ५० हजार अमेरिकी डलर लुम्बिनीमा आयोजित विशेष समारोहमा प्रदान गरेका थिए। यसैगरी १९३९ सेप्टेम्बर १२ मा जन्मिनुभएका ताबेइ जुनकोले पहिलो पटक १९७५ मा माउन्ट एभरेस्टको सफल आरोहण गरी विश्वमा पहिलो महिला हिमाल आरोहीको रूपमा विश्व रेकर्ड राख्न सफल भए। त्यसले पनि नेपाल र जापानको सम्बन्धमा थप आयाम दिएका थिए।

नेपाल जापान सम्बन्धका तीन स्तम्भ
-परम्परागत मित्रतामा सुरुवातीदेखिको सम्बन्ध हो। जसमा राणाकालीन सम्बन्ध देखि दुवै देशमा राजसंस्था भएकोले राजकीय भ्रमणदेखि शिक्षा र विकासमा सहयोग आदि बुझिन्छ र औपचारिक सम्बन्धमा दुई देशका दूतावासले गर्ने हरेक क्रियाकलाप र आपसी हितमा हुने विकास साझेदारी साथै जाइका मार्फत जापानमा नेपाली सरकारी तथा गैरसरकारी तालिम प्रशिक्षण हुने गर्दछ।

जनताबीच झनै सुमधुर सम्बन्ध रही आएकोले हालको जापानी पर्यटकहरूको नेपाल भ्रमणबाट थाहा हुन्छ सन २००५ साल मा वार्षिक१८,२३९ जना जापानी नागरिक नेपाल भित्रिएका थिए। भने कोरोना महामारी अगाडि अर्थात् सन् २०१९ सालमा ३०,५३४ जना ( नेपाल पर्यटन बोर्ड स्रोत )भित्रिएका थिए। त्यसै गरी २०१२ सालमा १८ हजार नेपाली रोजगारी शिक्षा र व्यवसायमा जापान रहँदै आएको थियो। भने २०१९ मा करिब १० हजार र हाल १लाख ६० हजार नेपालीको जापानमा बसोबास रहेको पाइएको छ।
यसैगरी नेपालको राष्ट्रिय घ्वजाबहक नेपाल वायुसेवा निगमले हप्ताको तिन दिन (शनिबार सोमबार र मंगलबार ) काठमन्डौबाट टोकियोको नारिता विमानस्थलसम्म सिधा उड़ान राखेको छ । यसले पनि जापानवासी नेपाली र नेपाल घुन्न जाने पर्यटकमा सहज गरिदिएको छ।

हाल जापानमा रहेका विदेशीको को सङ्ख्यामा नेपाल छैटौँ ठुलो हो। त्यसकारणले पनि जापानले नेपालीहरूलाई विभिन्न सहयोग र सद्भाव बढाइरहेका छन्। अझै आउँदो दिनहरूमा अध्ययन र व्यवसाय मात्र नभई ट्रेनिङ वर्कर र स्किल वर्कर (SSW)अन्तर्गत पनि धेरै नेपालीहरूको जापान सुन्दर श्रम गन्तव्य हुन सकिने आकलन गर्न सकिन्छ। साथै नेपालको सङ्ख्यामा वृद्धि सँगै टोकियो स्थित दूतावासले गैर आवासीय नेपाली संघ सगको सहकार्यमा अन्य शहरहरुमा पनि पासपोर्ट लगायत अन्य सेवाको लागी समय-समयमा घुम्ती सेवा सुरु गरी सेवा दिइरहेको छ।

हालको डाटा हेर्दा भियतनाम ,चाइना, इन्डोनेसियाको तुलनामा सोचे जति नेपाली श्रमिक जापान रोजगारीमा आउन सकिरहेको छैन। यसरी विभिन्न माध्यमहरूबाट सुरु भएको नेपाली सम्बन्ध सुमधुर र युगौयुगसम्म बचाइ राख्न हामी जापानका रहेका सबै नेपालीहरुले जापानको संस्कार संस्कृति चालचलनलाइ सिको गर्दै यहाँको नियम कानुन अनि अनुशासनमा रही क्रियाकलापहरू गर्नुका साथै नेपाल र नेपालीहरुको साखलाई बचाइ राख्न मैत्रीपूर्ण ब्याबहार तथा आचरणहरू देखाउन भने कहिल्यै बिर्सनु हुँदैन ।

लेखक : नेपाल तामाङ समाज जापानका संस्थापक तथा संरक्षण, निक्को जापानिज भाषा स्कुल सोर्हखुट्टेका प्रिन्सिपल समेत हुनुहुन्छ ।