शनिबार, बैशाख १५, २०८१

अनेसास जापानको १३औँ अधिवेशन सम्पन्न : अध्यक्षमा अरुण पौडेल

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास जापानको १३औँ अधिवेशन सम्पन्न भएको छ। टोकियोमा आईतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा अरुण पौडेल सहित टीम सर्वसम्मत चयन गरेको हो।
डिसेम्बर १० तारिख आइतबार सम्पन्न १३ औं अधिवेशनले रविन शर्मालाई बिदा गर्दै अध्यक्षमा पौडेललाई चयन गरेको थियो । सर्वसम्मत रुपमा चयन नयाँ नेतृत्वको बरिष्ठ उपाध्यक्षमा आनन्द अधिकारी, उपाध्यक्षहरुमा शरद पोखरेल र दीपा घिमिरे चयन हुँदा महासचिवको जिम्मेवारी अनिल कुमार निर्दोषले पाएका छन् ।

अनेसास जापानको २०२४-२०२६ कार्यकालका लागि तीन जना सचिवमा मनोज मौसम, केबी पारखी र संगीता कुँवर चयन भएकी छिन् । कोषाध्यक्षमा मन्जु गिरी बन र सरिता चौधरी चयन भएका छन।

सदस्यहरुमा नारायण पोखरेल, सरोज घिमिरे, बिनीसा सापकोटा, अज्ञात मान्छे, भगवती क्षेत्री, सुविन न्यौपाने कान्जीभाइ, यमलाल कँडेल, केशव ज्ञवाली, समर प्रेम र दुई जना सदस्यमा मनोनित गर्न बाँकी राखिएको छ ।

अधिवेशन सहित ६७ औं साहित्य श्रृंखला समेत आयोजना गरिएको कार्यक्रममा पूर्व अध्यक्षहरु सहित विभिन्न साहित्यप्रेमीहरुले आफ्ना रचना बाचन गरेका थिए ।
कार्यक्रममा जापानका लागि नेपाली महामहिम राजदूत डा. दूर्गा बहादुर सुवेदी सहित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जापानमा नेपाली साहित्य, भाषा र संस्कृति प्रवद्र्धनमा सहयोग क्रियाशिल तथा अनेसास जापानको अभियानमा सहकार्य गर्दै आएका पत्रकार सहित विभिन्न व्यक्तित्वहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।