आइतबार, फागुन १३, २०८०

जिवन अर्यालको चुनावी गित सुर्य फुल्दैछ चर्चा कमाउँदै

टोकियो,२९ जेठ ।  प्रवासी नेपाली मंच जापानको सचिब जिवन अर्यालको उत्कृष्ट शब्द र गायक अमृत खाती र गायिका रिता बुढाथोकीको दमदार स्वरमा दुई हप्ताअघि मात्र सार्वजनिक चुनावी गित सुर्य फुल्दैछले चर्चा कमाउदै आएको छ ।
सिमानाको संरक्षण रक्षा तराईलाई ,एमालेले आँखा गाड्न दिन्न पराईलाई परी आए आफ्नो ज्यानै दिन सक्छौ बरु। खबरदार अब हाम्रो सीमा मिच्नेहरु ,हामी सारा नेपालीको आँखा खुल्दै छ।
अब हाम्रो सिमानामा सुर्य फुल्दै छ भन्ने संदेश मुलक उक्त गितलाई एमालेको चुनावी सभामा निकै प्रयोग गरेको गायक खातीले जानकारी दिनुभयो ।