शनिबार, फागुन १२, २०८०

रुन त रोए नि

रुन त रोए नि
कहिले मिलनमा रोए
कहिले बिछोडमा रोए।
कहिले सम्झेर रोए
कहीले सम्झदै रोए ।।
रुन त रोए नि
कहिले दुःखमा रोए
कहिले सुखमा रोए ।
कहिले आशामा रोए
कहिले निराशामा रोए ।।
रुन त रोए नि
कहिले ओरालीमा रोए
कहिले उकालीमा रोए ।
कहिले घुम्टीमा रोए
कहिले दोबाटो रोए ।।
रुन त रोए नि
खै कहिले किन रोए
आफै लाई थाहा नभै रोए ।।
बस् रुन त रोए नि ।।

– श्रीकृष्ण गौतम “एस के”

ठेगाना :- तानसेन १ , पाल्पा
हाल योकोहामा जापान