काठमाडौँ । वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनसहित १० जना व्यक्ति सम्मानित भएका छन् ।
अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउन्डेसनले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पुनसँगै प्रसिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा.सन्दुक रुइत, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईँ, कवि नवराज पराजुली, इन्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।
त्यस्तै फाउन्डेसनले वरिष्ठ समालोचक एवम् साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवम् गीतकार उन्नति बोहोरा शिला, प्राध्यापक एवम् साहित्यकार डाक्टर फणिन्द्रराज निरौला, साहित्यकार सुशीला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेमप्रकाश सिटौला, पत्रकार एचवी ताम्राकार र गायिका कोपिला शिवाकोटीलाई सम्मान गरेको छ ।

