बुधबार, बैशाख १२, २०८१

लामिछानेको अध्यक्षतामा चितवन समाज जापान क्युश्यु पुनर्गठन

टोकियो,२६ जेठ । चितवन समाज जापान क्युस्यु रिजनल कमिटिको पुनर्गठन गरी दिलिप लामिछाने को अध्यक्षमा नयाँ नेतृत्व सर्बसम्मत रूपमा चयन भएको छ ।
चितवनको विभिन्न क्षेत्रबाट विभिन्न पेशा, ब्यवसाय र रोजगारीको सिलसिलामा जापानको फुकुओकामा बस्दै आएका नेपालीहरुले चितवन समाज जापानको क्षेत्रीय कमिटी पुनर्गठन गरेका हुन।

चितवन समाज जापानको क्षेत्रीय कमिटीमा कार्यसमितिको अध्यक्षमा दिलिप लामिछाने, बरिष्ट उपाध्यक्ष सुरज वन, प्रथम उपाध्यक्ष मोहन सिलवाल,सचिब सुवास न्यौपाने, सह-सचिब भरत वन, कोषाध्यक्ष भाबना तिमल्सिना रहेका छन । यसैगरी सदस्यहरुमा पशुपती पुरी, सुरज चौधरी , सन्तोष भाट, विनोद परिवार, पुर्णिमा श्रेष्ठ, प्रज्ञा हमाल रहेका छन । समितिको द्रितिय उपाध्यक्ष, केहि थप कार्यसमिति सदस्य, नगर/गाउंपालिका ईन्चार्ज, स्वयंसेवक संयोजक, सांस्कृतिक कार्यक्रम संयोजक, सल्लाहाकार समिति लगाएतका केहि बिषयमा आगामि बैठकवाट चयन गरिने भएको छ ।

कार्यक्रम चितवन समाज जापान क्युश्यु रिजनल कमिटिका संस्थापक अध्यक्ष बाशुदेव लामिछानेको प्रमुख आतिथ्यामा सम्पन्न भएको थियो ।