शुक्रबार, मङि्सर २१, २०८१

दुतावासको आफ्नै नयाँ भवन लिने तयारीमा छौं : राजदूत राणा

शान्त पहरी,टोकियो,२६ जेठ । जापानको लागि ३ हप्ताघि कार्यभार सम्हालेर काम गर्दै आउनु भएकी राजदूत प्रतिभा राणाले दुतावासको आफ्नै नयाँ भवन लिने तयारी भई रहेको जानकारी दिनुभएको छ ।

बिहीबार टोकियोस्थित नेपाली दूतावासको कार्यालयमा सम्पन्न उक्त अन्तर्क्रिया कार्यक्रममा जापानवासी नेपालीहरूको हितका लागि जापान आए लगत्तैबाट दूतावासको भवनको खोजी गर्न सुरू भैरहेको जानकारी दिंदै आफ्नै भवन भए दूतावासको काम प्रभवकारी हुने बताउनु भयो।

उक्त जापानमा क्रियाशिल पत्रकारविच अन्तर्क्रियामा बोल्दै राजदूत राणाले विभिन्न पेसा व्यवसायमा संलग्न नेपालीहरू एक जुट भएर नेपाल र नेपालीको शिर र प्रतिष्ठा कायम राख्न आग्रह राख्नुभएको थियो ।सो अवसरमा दूतावास र संचारकर्मीहरू मिलेर काम गर्नुपर्ने आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो दूतावासले आफनो अभिभावकत्व ग्रहण गरेर सवै विषयमा रहेको समस्या र समाधानका लागि तपाईहरूसंग मिलेर कामगर्न चाहेको बताउनु भयो ।mbc

यसैबीच राजदूत राणाले जापानमा रहेका नेपालीहरूको दैनिकीमाथि कडा निगरानी थालेकोप्रति चायो व्यक्त गर्दै सजगता अपनाएन जानुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उक्त अन्तर्क्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पवन वर्षा शाह, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष तिलक मल्ल, पत्रकार महासंघ जापानका सचिव रितुकुमार दुरा,सदस्य आनन्द कोइराला,संगिता कुवर, रमेश श्रीश,शान्त पहरी ,पत्रकारहरु उत्तम गौडेल,प्रेमिला गौचन र दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, दूतावासका दितिय सचिव टोपनारायण गिरी र तृतिय सचिव रेवन्त केसी लगाएतको सहभागि रहेको थियो । mbc1mbc5