काठमाडौं । सञ्चारकर्मी तथा लेखक रतन देवकोटाले लेखन, निर्माण गरेको गीत ‘देश छोड्नेको लर्को’ सार्वजनिक भएको छ।
स्वयम देवकोटा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र सञ्जीव बराइलीको एरेन्ज रहेको छ ।
मानव सुवेदीले निर्देशन गरेको गीतको भिडियोमा सुरक्षा पन्त र टंक चौलागाईको अभिनय रहेको छ । गीतको सम्पादन सुवेदीले नै गरेका हुन् ।
छायांकन सौगात धितालले गरेका छन् । गीत रतन देवकोटा युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

