जापान । अनेसास जापानले अक्षर यात्रा कार्यक्रम पहिलो शृङ्खला सम्पन्न गरेको छ।
बडादसैँको अवसरमा शुभकामना आदान-प्रदान सहित ‘दसैँमा अक्षता र अक्षर’ कार्यक्रम सम्पन्न भएको हो।
टोकियोस्थित हिमालयन इन्टर्नेसनल एकेडेमीको सहकार्यमा सम्पन्न कार्यक्रममा हिमालय एकेडेमीका बालबालिका सहित टोकियो आसपासमा रहनुहुने नेपाली साहित्यप्रेमीहरू तथा बिभिन्न सामाजिक संस्थाहरूका प्रतिनिधिहररूको बाक्लो उपस्थिति रहेको थियो।
अनेसास जापानका अध्यक्ष रबिन शर्माको अध्यक्षता तथा बिद्यालयका प्रधानाध्यापक कालु मेहेताको प्रमुख आतिथ्यता, बिद्यालयका प्रबन्ध निर्देशक राजन रिजाल तथा राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान केन्द्रिय कार्यसमिती सचिब गायक रामकृष्ण बम मल्ल, सदस्य सूर्य खड़का जापान साखाका अध्यक्ष महेन्द्र न्यौपाने, अन्तराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष प्रकास केसी,स्यांजा समाज जापानका अध्यक्ष चित्र गुरुङ,होक्काईदो घ्यू प्रोपाईटर मुक्ति राम खनाल, बिनेसाम जापानका विजय श्याम्वो समाजसेबी सरोज खत्री, आदिवासी जनजाती पत्रकार महासंघ जापानका अध्यक्ष फुर्वा सेर्पा यस्तै समाजसेवी हरी सिंखडा, महिला समाज जापानकी संयोजक कमला लस्साल काप्री लगाएतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यार्थी भाइबहिनीहरूले कविता, गीत, नृत्य तथा बिभिन्न प्रतिभाहरू प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै अतिथिहरू सूर्य खड्का, महेन्द्र न्यौपाने, रामकृष्ण बम मल्ल, यमलाल कडेलले बडादशैको शुभकामना दिदै आफ्ना उत्कृष्ट गीत प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा शारदा पाण्डे,बिजय स्याङ्बो,शीवराज राई अरुण पौडेल राबिन शर्मा लगायतले आफ्ना गजल कविता लगायतका रचनाहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा वाचन भएका बिद्यार्थी भाइबहिनीहरूका रचनामाथि अतिथिहरूले चर्चा गर्दै बिद्यार्थी भाइबहिनीहरूलाई थप सल्लाह सुझाब प्रदान गर्दै उनीहरूको नेपाली साहित्यमा देखिएको रूचि र लगावको खुलेर प्रशंसा गर्दै हौसला प्रदान गर्नुभएको थियो।
बिद्यालयका प्रधानाध्यापक तथा प्रमुख अतिथि कालु मेहेताले यस्तो किसिमको कार्यक्रमले बिद्यार्थीहरूको सर्वांगीण विकासमा टेवा पुर्याउने भन्दै अनेसास जापानको यस कार्यको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि सहकार्य गरी अझै सुन्दर र पृथक कार्यक्रमहरू गरिने जानकारी गराउनुभयो।
बिद्यालयको तर्फ बाट अनेसास जापानलाई मायाको चीनो प्रदान गरीएको थियो भने अनेसास जापान बाट बिद्यालयलाई पुस्तक प्रदान गरीएको थियो।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष रविन शर्माले कार्यक्रम सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रममा उपस्थित बालबालिकाहरूको प्रतिभाको खुलेर प्रशंसा गर्नुभएको थियो।
अक्षर यात्राका अब आउने शृङ्खलाहरू बिभिन्न स्थानमा सम्पन्न गरिने जानकारी गराउनुभयो। कार्यक्रममा उपस्थित अतिथिहरूबाट दसैको शुभकामनासहित आआफ्ना दसैँ स्मृति पनि अभिव्यक्त भएको थियो ।
संस्थाकी कोषाध्यक्ष दीपा घिमिरेबाट बिषय प्रवेश तथा स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको सहजीकरण संस्थाका वरिष्ठ उपाध्यक्ष अरुण पौडेलले गर्नुभएको थियो।
कार्यक्रममा आ आफ्ना प्रतिभा प्रस्तुत गर्ने बालबालिकाहरूलाई प्रोत्साहन स्वरूप प्रशंसा पत्रले सम्मानित गरिएको थियो।





