जापान। जापानलाई कर्मथलो बनाउँदै आएका लोकप्रिय गायक तथा सर्जक श्याम सितलले “नैना तिम्रो मनमा म छु की छैन ” बोलको नयाँ गित सार्वजनिक गरेका छन् ।
गायक श्याम सितलकै शब्द तथा संगितमा रहेको गितको म्युजिक भिडियोमा भने गजेन्द्र बिस्टको निर्देशनमा राज आचार्य र गरिमा शर्माको अभियनय रहेको छ।
धादिङ निलकण्ठ ४ का श्याम सितल नेपाली गितसंगित प्रेमीहरु माझ परिचित नाम हो। उनले आधुनिक तथा लोकदोहोरी गायन तथा सिर्जना मात्रै नेपाली संचार क्षेत्रमा पनि रेडियोकर्मीकोरुपमा असल पहिचान बनाएका छन् ।
आधुनिक तथा लोकदोहोरी गरि २ दर्जनबढी सांगितिक सिर्जनाहरु आम दर्शक तथा स्रोता समक्ष प्रस्तुत गरेका सितलका “शिरमा शीरफूल” र “निरमायाँ” पछिल्ला समयमा अत्याधिक मन पराईएका गितहरु हुन् ।

