सोमबार, असोज २१, २०८१

तमु धिं जापानले अगस्ट १३ मा रोधीं साँझ आयोजना गर्ने

टोकियो,२४ जेठ ।  जापानमा सवभन्दा पुरानो र आफ्नो परिचय वनाई सकेको संस्था तमु धीं जापानले अगस्ट १३ गते रोधीं साँझ मनाउने भएको छ । रोधीं साँझ तमु धीं जापानको वार्षिक कार्यक्रम हो ।

आफ्नो स्थापना काल देखि नियमित रुपमा मनाईदै आइरहेको यस कार्यक्रम सफल गराइदिनुहुन धींका अध्यक्ष श्री तमुले सम्पुर्ण जापानवासी नेपालीहरुमा हार्दिक अपिल गरेका छन् । आईतवार टोकियोस्थित नेपाल जापfन सांस्कृतिक प्रतिस्ठानमा वसेको कार्यसमिति वैठकले सो निर्णय गरेको हो । नेपालका चर्चित गायकगायिकाले यस पटकको रोधीं साँझ तताउने भएको छ । कार्यक्रम सफल गराउनको लागि वरिष्ठ उपाध्यक्ष अनिता गुरुङको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ । जसमा सह-संयोजक सुदिन गुरुङको साथै सदस्यहरु क्रमश आशिष , टुम (काले भाइ), विष्णुमाया र नविन गुरुङ रहेका छन् । त्यसैगरि कार्यक्रमको प्रचारप्रसारको जिम्मा महासचिव अमर गुरुङ र सचिव चित्र गुरुङलाई दिएको छ ।  वढ्दो आधुनीकिकरण र विभिन्न परिस्थतिले गर्दा आफ्नो रीतिरिवाज र परम्परा लोप हुँदै गएकाले त्यसको संरक्षण र संवर्दनका लागि विदेशी भुमीमा भएपनि कार्यक्रम गर्न अत्यावश्यक रहेको वताउनुहुन्छ तमु धींका सांस्कृतिक संयोजक आरमान गुरुङ ।  त्यसैगरी सोही दीन तमु धीं क्षेत्रिय समिति तोचिगीको पुनर्गठन तथा चेलीवेटी खुवाई कार्यक्रम पनि सम्पन्न भएको छ । विदेशी भुमीको व्यस्तताका कारणले संस्थाका विभिन्न सदस्यहरुले समय अभावका कारण संस्था चुस्त र दुरुस्त हुन नसकेकाले पुनर्गठन गर्नुपरेको क्षेत्रिय अध्यक्ष लाल प्रसाद तमुको भनाई रहेको छ । क्षेत्रिय अध्यक्ष लालप्रसाद तमुको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि तमु धीं जापनका अध्यक्ष श्री तमु र वरिष्ठ उपाध्यक्ष अनिता तमु,उपाध्यक्ष हिमाली तमु,महासचिव अमर तमु,सचिव चित्र तमु,सदस्य सोम माया तमु,मेनुका तमु लगायत धींका पुर्व अध्यक्ष,संरक्षक तथा जेएमई रेमिटेन्सका चेयरमेन ओम तमुको विशेष उपस्थिति रहेको थियो ।

मिठो स्वरका धनी अमर तमुको गीतमा सम्पुर्ण चेलीवेटीहरुलाई नचाएका थिए नृत्य निर्देशक अरमान र विना तमुको नृत्यले माहोल तताएका थिए ।

tamudhiकर्मभुमीको व्यस्तताका वावजुत पनि “रिमैं मयुँमै” दाजुभाई र चेलीवेटी बिचको प्रगड सम्वन्धको लागि कर्यक्रम गरिएको वताउनुहुन्छ तोचिगी क्षेत्रिय समितिका अध्यक्ष लालप्रशाद तमु । तमु धी तोचिगीका पुनर्गठित कार्यसमिति अध्यक्ष लालप्रसाद तमु ,उपाध्यक्ष  मनोज तमु सचिव, ओम तमु ,कोषाध्यक्ष रोजी तमुस्यो सदस्यहरु आनन्द तमु, चन्द्रशेखर तमु ,रुपक तमु ,आशा तमुस्यो ,डम्मर तमु , अमन तमु चयन गरेको छ ।