सोमबार, भदौ ३१, २०८१

एनआरएनए कान्तोले बिद्यार्थीलाई जानकारी मुलक सेमिनार गर्ने

टोकियो,२४ जेठ ।  गैर-आवासीय नेपाली संघ जापान शाखाको कान्तो क्षेत्रिय समितीले बिगत २ बर्ष देखी बिशेषगरी जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई लक्षितगरी बिविध जानकारी तथा सुचनामुलक कार्यक्रम  आयोजना गर्दै आएकोछ ।

त्यसै सिलसिलामा कान्तो क्षेत्रिय समितीले यही महिनाको २५ तारीक अर्थात जुन २५ मा टोक्यो, शिन्जुकुको सिनवोकुबो स्थित सोलामारीको हलमा जापानमा नेपाली बिद्यार्थीहरुको लागी अवसर र चुनौती बिषयक गोष्ठीको आयोजना गर्ने भएकोछ जसमा जापानमा बिद्यार्थीहरुको जापानिज भाषा कक्षाको अध्यन देखी उच्च शिक्षासम्म अध्यनको सहज प्रकृया, कुनै बिशेष बिषयको विशेषज्ञता हासिल गरे पश्चात रोजगारीको लागी अवसर प्राप्तिका माध्यम, जापानमा अध्यन गर्न आय पश्चात नेपाली समुदाय र जापानी समुदाय बीचको अन्तर सम्बन्धमा बढवा, बिद्यार्थीहरुले भोग्नु परेका मानसिक तनाव र यीबाट बच्ने उपाए जस्ता महत्वपूर्ण बिषयमा कार्यक्रम केन्द्रित रहने कार्यक्रमका संयोजक प्रकाश थापाले जानकारी गराउनु भयो ।

विशेषत यस कार्यक्रमको उदेश्य भनेको नेपाली विद्यार्थीहरुले जापानमा विश्वविद्यालयको आफ्नो पढाई पूरा गरेपछि के गर्ने भन्ने बारेमा बाटो देखाउने र सुझाव दिनु रहेको छ संयोजक टासी लामाले जानकारी गराउनु भयो। साथै कार्यक्रम २ भागमा विभाजित गरी पहिलो सेसनमा बिज्ञहरुको प्रिजेन्टेसन र दोश्रो सेसनमा अन्तरकृया रहने आयोजक समितीका सदश्य जनक बिक्रम शाहीले जानकारी गरायका छन्  ।

पहिलो सेसन अन्तर्गत जापानमा रहनु भएका बिभिन्न बिज्ञ व्यक्तित्वले बिषय केन्द्रित रही आफ्नो प्रस्तुती गर्नुहुनेछ भने दोश्रो सेसनमा बिज्ञहरु संग सहभागी बिद्यार्थीहारले प्रतक्ष अन्तरकृया गर्न सक्ने आयोजक कमिटीका सदश्य नबिन निउरेले बताए ।  कार्यक्रममा जापानीज र नेपाली बिज्ञहरुको सहभागिता रहने छ ।

कार्यक्रम :-
मिती – २०१७-०६-२५ (यही महीनाको २५ तारीक)
स्थान – सिनवोकुबो स्थित सोलमारी मुरा हल
समय – ठिक दिउसो २ बजे बाट
सम्पर्क :
टासी लामा :- 080-3178-2782
प्रकाश थापा :- 090-9381-4014
नबिन निउरे :- 080-4145-9955
जनक बिक्रम शाही :- 090-5785-6302