सोमबार, बैशाख ०७, २०८३

डीपी कँडेलद्धारा एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिने, यस्ता छन् प्रतिबद्धता

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासिफिक संयोजक आरसीमा जापानबाट डन्डपानी कँडेल (DP) उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनएको एसिया प्यासिफिक संयोजकमा जापानबाट डन्डपानी कँडेलले उम्मेदवारी दिने घोषणा गरेका हुन।
वर्तमान आरसी कंडेलले पुन: आरसीमै प्रतिस्पर्धा गर्ने निधो गरेको बताउनु भयो ।
यस्तो छ प्रतिबद्धता
-एनआरएनए आईसीसीले अख्तियारी गरेका कार्यक्रमहरु एसिया प्यासिफिक क्षेत्रमा रहेका एनसीसी मार्फत कार्यन्वयन गराउने
-एसिया प्यासिफिक क्षेत्रभित्र रहेका एनसीसीहरुका समस्याहरुलाई पहिचान गरि समाधानका उपायहरु खोजीगरी समाधानका लागि कार्यन्वयन गराउने साथै आवश्यक जटिल विषयहरुलाई एनआरएनए मार्फत सम्बन्धित निकायसम्म पुयाउन पहल गरिने ।
-थाईल्याण्ड र म्यानमारमा रहेको पिएनओको समस्या समाधानका लागि हाल सम्बन्धित ठाउँमा जानकारी गराई समाधानका लागि अनुरोध गरिएको र अब त्यसलाई पूर्ण कार्यन्वयनका लागि प्रतिवद्ध रुपमा कार्य गरिने ।
-सामाजिक सुरक्षा कोषलाई अझै थप प्रभावकारी तथा वास्तविक लाभान्वित वर्णसम्म पुग्नेगरी कार्यन्वयनमा ल्याउन एसिंया क्षेत्रको तर्फबाट पहल गरिने।

-एसिंया प्यासेफिक क्षेत्रको सचिवालय र बैंक खाता सञ्चालन गरि एसिया प्यासिफिक फण्ड स्थापना गर्ने र प्रभावकारी पहल गर्ने र भइपरी आउने र लेपालका अति विकट तथा बिपन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतमा सहणोग पुग्याउन प्रभावकारी पहल गरिने ।

-विदेशमा हुँकिदै गरेका दोस्रो पुस्ताका एनआरएनएका रुपमा परिचित बालबालिकाहरुलाई मूलभूमी नेपालको भाषा, कला र संसकृतिबारे आवश्यक जान प्रदान गरि नेपालसंग जोड्ने प्रभावकारी कार्यक्रमहरु संचालन गरिने ।