जापान । गैरआवासीय नेपाली संघ एनआरएनए २०२३-०२५ लागि महिला उपाध्यक्षमा रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेकी छन् ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को ११ औँ महाधिवेशनमा महिला उपाध्यक्षमा राईले उमेद्वारी दिने घोषणा गरेकी हुन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने ११औं महाधिवेशनमा राईले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो ।
उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, साना तथा ठूला लगानी प्रवर्द्धन गर्ने, एनआरएनए सीप बैंक लगाएतका कार्यक्रमलाई प्रथामिकता दिने बनाइन् ।
रोजीहिरा फाउण्डेशनकी समेत अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गर्दै आउनु भएको छ । उनले विशेष गरि सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरो पीडित र आपतविपतका बेला कयौंपटक आर्थिक र मानवीय सहयोग गर्नु भएको छ ।
च्यारिटी संस्था रोजीहिरा फाउण्डेशनकी अध्यक्ष तथा केहिरोज इन्टरनेशन कम्पनीको अध्यक्ष रोजिनाले संस्थागत सुधार र महिला सशक्तिकरणका सवाल अझ घनीभूत रुपमा उठाउने अठोटसहित महिला उपाध्यक्ष पदमा आएको बताउनु भएको छ । आफूले बेलायत मा रहेर पनि विभिन्न सामाजिक तथा महिला केन्द्रित संस्थासहित बेलायत एनसीसी हुंदै केन्द्रसम्म निकट रहेर धेरै अनुभव संगालि सक्नु भएको छ।
बेलायतमा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनले नव नारी, टुडेज् वुमनसहित खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राई यायोख्या बेलायत, गुन्यूचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियान नेपाल लगायत विभिन्न संस्थाबाट बाट समेत सम्मान पाई सक्नु भएको छ।
गैरआवसीय नेपाली संघ यूके उपाध्यक्ष हुंदा उहाँ संघसंस्था समन्वय विभाग प्रमुख रहनु भएको थियो ।
खोटाङ बांसपानीस्थित श्री राष्ट्रिय मावि मा लाइब्रेरी, खोटाङ बांसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणकालागि श्रमदान लगायत कार्य मा समेत ठूलो भुमिका निभाउनु भएको थियो ।
बेलायतस्थित तीनसय भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूके छैटौं काउन्सिल बैठकको संयोजक रहनु भएको थियो।
एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिष्ट्रेसनमा मास्टर्स गरेकी उनी वल्ड नेवा अर्गनाइजेसन, खोटाङ सेवा समाज यूके, एनआरएनए यूके आदि संस्थामा सल्लाहकार समेत रहनु भएको छ।