शान्त पहरी,टोकियो,२२ जेठ । दर्शकहरुको नजरमा प्राय नेपाली चलचित्रहरु स्तरियताको कोणबाट माथि उठ्न नसकेको प्रतिक्रिया आए पनि फरक शैलिमा निर्माण भएके चलचित्र पर्व सामाजिक विकृती विरुद्ध चित्रण गरेको पाईन्छ ।
फरक शैलिको ट्रेण्डमा चलचित्र ‘पर्व’लाई पनि लिन सकिन्छ । सस्पेन्स शैलिमा निर्माण गरिएकाले चलचित्र ‘पर्व’ नेपाली दर्शकहरुले रुचाएका छन । युवा लेखक मानवविक्रम मल्ल (कोसिस क्षेत्र )नेपालको एक चर्चित साहित्यकार हुन्छ । एउटा इभेन्टको सिलसिलामा उसको भेट एक युवती ऋतु ९नम्रता श्रेष् सँग हुन्छ । छोटो समयमा नै उनीहरुबीचको सम्बन्ध नजिकिँदै जान्छ । तर, मानव नजिकिनुमा ठूलै स्वार्थ हुन्छ । फिल्म त्यही स्वार्थको वरिपरि घुमिरहन्छ । किन मानव नम्रतासँग नजिकिन्छ भन्ने रहस्यका लागि भने चलचित्र नै हेर्नुपर्ने हुन्छ । वर्तमान सामाजिक विकृती विरुद्ध चित्रण गरिएको कथावस्तुसंगै सवैभन्दा सवल पक्ष चलचित्रको गित संगित हो ।
चलचित्र पर्व रिलिज हुनु पूर्व नै निश्चल बस्नेत र माला लिम्वुको दमदार प्रश्तुति रहेको ‘काले दाई–काले दाई’ बोलको गितले नेपाली श्रोता दर्शकका माझ हंगामा मचाईरहेको छ ।