जापान । गैरआवासीय नेपाली संघ एनआरएनए का युवा उपाध्यक्ष जापानबाट रोशन थापाले पुनः सोही पदमा उम्मेदवारी दिने भएका छन् ।
अक्टुबरमा काठमाडौंमा हुने संघको विश्व सम्मेलन तथा ११ औं महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका थापाले फेरि उम्मेदवारी दिने बताएका हुन् । उनले आगामी कार्यकालमा एनआरएनए निर्वाचन प्रणाली अमेरिकी मोडलमा गराउन र युवाका लागि राष्ट्रिय समितिहरुलाई परिचालन गरेर एक मिलियन डलरको युथ फन्ड स्थापना गर्ने एजेन्डा अघि सारेका छन् ।
अब सबै क्षेत्र, भूगोल र जनसंख्याको उचित प्रतिनिधित्व हुनेगरी मतभारको आधारमा सबैले मतदान गर्न पाउने व्यवस्था अपरिहार्य भइसकेको छ थापाले भने । गैरआवासीय नेपाली संघ तान्जानियाको दुई कार्यकाल अध्यक्ष भइसकेका थापाले एनआरएनए अफ्रिका क्षेत्रीय संयोजकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । अफ्रिका र जापानमा व्यवसाय गर्दै आएका थापा करिब दुई दशकअघि अध्ययनका लागि इलामबाट जापान पुगेका थिए ।
जापानको एदोगावा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा स्नातक उत्तीर्ण थापाको जाम्बिया,जापानमा इन्सुरेन्स, अटोमोबाइल क्षेत्रमा लगानी गरेका छन् ।

