सोमबार, बैशाख ०७, २०८३

एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक महिला संयोजक अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक मा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो।

काठमाडौंमा अक्टोबर १७ देखि ११औं अन्तराष्ट्रीय महाधिवेसन हुँदै गर्दा एनआरएनए अभियान्ताहरूले एसिया प्यासिफिक महिला संयोजकमा सहयोग गर्न अनिता गुरुङले अपील गर्नु भएको छ।
अनिता गुरुङ्ग लामाले एसिया प्यासिफिक महिला संयोजक पदका उम्मेदवार दिने घोषणा गरे जानकारी दिनु भयो । उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताइन् ।

तमुधीँ जापानको पूर्वअध्यक्ष गुरुङ परिचित अनुहार हुन। एसिया प्यासिफिक महिला संयोजक पदमा आफूलाई शुभेच्छुकहरुको आग्रहका कारण उम्मेदवारी दिएको जानकारी दिनुभयो।